
पोखरा स्पोर्टस । लमजुङ्गको वेसीशहरमा जारी २९ औं सस्करणको त्रिवेणी कप फुटबल प्रतियोगिता अन्तर्गत प्रिक्वाटरफाइनलका समिकरण पुरा भएको छ ।
शनिवार सम्पन्न खेलमा समाज कल्याणले जारी प्रतियोगितामा क्वाटरफाइनलमा स्थान बनाएको हो । समाज कल्याणले बागमती एफसीलाई २-१ गोल अन्तरले हराउँदै अन्तिम आठमा पुगेको छ। समाज कल्याणको जितमा विदेशी खेलाडी योओ कौसीले ११ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको दोश्रो हाफको ४३ औं मिनेटमा अनिल राना मगरले गोल गर्दै बागमतीलाई १/१ गोलको बराबरी गरे। खेलको ४८ औं मिनेटमा चन्दन दासले गोल गर्दै समाजलाई अन्तिम आठमा आफ्नो टिमको स्थान शुरक्षित गरे ।
यसै गरी एक अर्को खृेलमा रोड्स रामपुरले वेशीसहर यूवा क्लवलाई २-१ गोल अन्तरले पराजित गरेको छ । रोडस रामपुरका लागि नवराज गुरुङले खेलको १८ र २७ औं मिनेटमा गोल गरेका थिए भने वेशीसहरका लागि अनुप गुरुङले एक गोल फर्काए ।
आइतबारबाट क्वाटरफाइनलको खेलहरु सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत पहिलो क्वाटरफाइनलमा श्री भगवती युवा क्लबले एमसीटीविरुद्ध खेल्नेछ भने दोस्रो क्वाटरफाइनल बुद्ध युवा क्लबले लालीगुराँस युवा क्लबसँग खेल्नेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।
