रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल एपीएफसँग पुलिसको अंक बराबरी

काठमाडौं ११ माघ ।
विभागीय नेपाल पुलिस क्लबले आयोजक ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै शीर्षस्थानमा रहेको एपीएफसँगको अंक बराबरी गरेको छ । अपराजित रहेको पुलिसले ५ खेलबाट १५ अंक जोडेको छ । अपराजित नै रहेको एपीएफको पनि १५ अंक नै छ । पुलिसले ढोरपाटनलाई २५–८, २५–३ र २५–२ ले पराजित ग¥यो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले राजधानीमा जारी जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शुक्रबार दोहोरो जित निकालेको छ ।

आफ्नो पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) सँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको पश्चिमाञ्चलले बिहीबार थाहा नगरपालिका मकवानपुर र श्रीगाँउ खेलकुद विकास समिति दाङलाई पराजित गर्दै दोहोरो जित निकालेको हो ।

पश्चिमाञ्चलले थाहा नगरपालिकामाथि २५–३, २५–६ र २५–११ को सोझो सेटमा तथा श्रीगाँउ दाङमाथि २५–१४, २५–१४ र २५–१० को सहज जित निकाल्यो । जितसँगै पश्चिमाञ्चलले तीन खेलबाट ७ अंक जोडेको छ ।

शुक्रबारै भएको अर्काे खेलमा शुक्रबारै भएको अर्काे खेलमा सेवले चितवन टाइगर्समाथि २५–२३, २५–२१ र २५–१४ को सहज जित निकाल्यो । सेवसँग पराजित भएको चितजन टाइगर्सले थाहा नगरपालिकालाई २५–१३, २५–११ र २५–१२ को जित निकाल्यो ।

आठौं स्थान हात पारेको थाहा नगरपालिका मकवानपुरलाई शुक्रबारै १० हजार रुपैयासहित बिदाई गरिएको छ ।
डबल लिगको आधारमा हुने प्रतियोगिता अन्तरगत शनिबार पाँच खेल हुने आयोजकले जनाएको छ

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close