एन्फाको निर्वाचन फागुन २७ गते हुने

पोखरा स्पोर्ट्स । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो निर्वाचन सम्बन्धी कार्यतालिका संशोधन गरिएको भन्दै नयाँ तालिका प्रकाशन गरेको छ । यसअघि तय गरिएको निर्वाचन प्रक्रियामा सर्वोच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी भएपछि प्रक्रिया यथास्थितिमा राखिएको थियो । तर उक्त अन्तरिम आदेश खारेज भएपछि संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको एन्फाले जनाएको हो ।

तर यता राट्रिय खेलकुद परिषदले भने खेलकुद विकास ऐन अनुसार निर्वाचन नगरे एन्फालाई कार्वाही गर्ने जनाएको छ । एन्फाले निर्वाचन अघि सबै जिल्ला र प्रदेशसँगै जिल्ला गठन हुनु अघि पालिकास्तरमा समेत ऐन बमोजिम संघ गठन गर्न भनेको छ । राखेपका सदस्य सचिब रामचरित्र मेहताले एन्फाले जवरजस्ती गरे आफूले पनि नछोड्ने भन्दै एक कार्यक्रममा आफ्ना भनाई समेत राखेका थिए । तर एन्फाले राखेपको चेतावनीलाई अस्विकार गर्दै निर्वाचन कार्यतालिका पुनः प्रकाशन गरेको छ ।

सार्वजनिक संशोधित तालिकाअनुसार मताधिकार प्रतिनिधि तथा प्रतिनिधिहरूको विवरण एन्फा सचिवालयले निर्वाचन समितिलाई फागुन ५ गते बुझाउनेछ भने त्यसैगरी, अडिट एण्ड कम्प्लायन्स समितिबाट उम्मेदवारहरूको सादाचार परीक्षण सम्बन्धी निर्णय तथा निर्वाचन समितिबाट उम्मेदवारहरूको नामावली प्रकाशन फागुन ७ गते गरिने एन्फाको निर्वाचन तालिकामा उल्लेख छ ।

उम्मेदवार तथा मताधिकार प्रतिनिधिहरूको नामावली फागुन ८ गते प्रकाशन गर्ने तथा दाबी–विरोध दर्ता गर्ने अन्तिम मिति फागुन १४ गते तोकिएको छ । पुनरावेदन समितिको निर्णय फागुन १५ गते सार्वजनिक गरिनेसँगै दाबी–विरोध उपर परेको पुनरावेदनपछि अन्तिम नामावली फागुन १६ गते प्रकाशन हुने जनाइएको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान फागुन २७ गते सम्पन्न गरिनेछ ।

निर्वाचन समितिले आवश्यकताअनुसार कार्यतालिका पुनः संशोधन गर्न सकिने प्रकाशित तालिकामा जनाइएको छ ।

तर यता राट्रिय खेलकुद परिषदले भने खेलकुद विकास ऐन अनुसार निर्वाचन नगरे एन्फालाई कार्वाही गर्ने जनाएको छ । एन्फाले निर्वाचन अघि सबै जिल्ला र प्रदेशसँगै जिल्ला गठन हुनु अघि पालिकास्तरमा समेत ऐन बमोजिम संघ गठन गर्न भनेको छ ।

राखेपका सदस्य सचिब रामचरित्र मेहताले एन्फाले जवरजस्ती गरे आफूले पनि नछोड्ने भन्दै एक कार्यक्रममा आफ्ना भनाई समेत राखेका थिए । तर एन्फाले राखेपको चेतावनीलाई अस्विकार गर्दै निर्वाचन कार्यतालिका पुनः प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close