लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष पोखरेलले दिए राजिनामा

पोखरा स्पोर्टस । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेलले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

उनले केन्द्रिय सभापतिलाई सम्वोधन गर्दै राजिनामा वुझाएका हुन् । केही समय अघि मात्रै सामाजिक सञ्जालमा आफ्नो राजिनामा समेत पोष्ट गरेका छन् । उनले गण्डकी प्रदेशको अध्यक्षसहित संघको केन्द्रिय सदस्य पदबाट समेत राजिनामा दिएका छन् । उनले पदसहित राजिनामा पत्रमा आफूले नेपाली कांग्रेसको क्रियाशिल सदस्य समेत त्यागेको उल्लेख गरेका छन् । 

आफ्नो राजिनामापत्रमा नेपाली कांग्रेस आफ्नो निति र सिद्धान्त विपरित गएकोले आफूले नेपाली कांग्रेस त्यागेको बताएका छन् । उनले भनेका छन्–“नेपाली कांग्रेसले विपी कोइरालाको प्रजातान्त्रिक समाजवाद निति र सिद्धान्त विपरित गएको र प्रजातन्त्र र बहुलवादी विचार विपरित आफू जान नसक्ने हुँदा नेपाल लोकतान्त्रिक खेलकुद संघबाट राजिनामा दिएको छु ।”

नेपाली कांग्रेसका निष्ठावान कार्यक्रता रहेका पोखरेल तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् । उनले लोकतान्त्रिक खेलकुद संघ संगै नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधिको पद समेत त्यागेको जनाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close