
पोखरा स्पोर्टस । मुआथाईकी सुस्मिता थापा मगर बुढानिलकण्ठ फाइट नाइटमा च्याम्पियन भएकी छन् ।
लगातार एक साताको अन्तरमा सुस्मिता दोस्रो पटक च्याम्पियन भएकी हुन् । एक सता अघि मात्रै काठमाण्डौमा सम्पन्न डब्लु विसी फाइटमा च्याम्पियन भएकी उनले शनिबार राती सम्पन्न बुढानिलकण्ठ फाइट नाइटमा आफ्नो कौशलता प्रदर्शन गर्दै च्याम्पियन बनिन् ।

आइटिएफ तेक्वान्दो मुख्य खेल रहेको सुस्मिताले पछिल्ला केही महिना यता प्रो फाइट मुआथाइतर्फ लगातार जित हासिल गर्दै आएकी छन् । उनको यो पाँचौ उपाधि हो । च्याम्पियन भए संगै सुस्मिताले नगद २५ हजार प्राप्त गर्न सफल भएकी छन् ।
प्रतिस्पर्धी भारतिय प्रोफेसनल फाइटर गिता नारजिनेरी संग सुस्मिताले तेस्रो राउण्डमा नै उनी विरुद्ध हावी बन्दै महिलातर्फको फाइट नाइट उपाधि आफ्नो पक्षमा पार्न सफल रहेको उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।
आइटिएफ तेक्वान्दो मुख्य खेल रहेको सुस्मिताले पछिल्ला केही महिना यता मुआथाईतर्फ लगातार जित हासिल गर्दै आएकी छन् ।
