कास्की क्लबस्तरीय एकदिवसीय क्रिकेटः माछापुच्छ्रे र लेकसाइडको प्रभावशाली जित

पोखरा स्पोर्ट्स । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता–२०८२’ अन्तर्गत आइतबार पोखरामा सम्पन्न दुवै खेल रोमाञ्चक रहेका छन् । माछापुच्छ्रे क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लबले आ–आफ्ना खेलमा प्रभावशाली जित दर्ता गरेका हुन् ।

माछापुच्छ्रे क्रिकेट क्लब र पोखरा क्रिकेट क्लब बीच भएको खेलमा माछापुच्छ्रेले २४ रनको जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको माछापुच्छ्रेले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनायो । माछापुच्छ्रेका लागि अनिश जीसीले ४१ रन, दीपक माझीले २७ रन तथा कबिन सापकोटाले २५ रनको योगदान दिए ।

पोखरा क्रिकेट क्लबका बलरहरूमा सुभाष भण्डारी र देव शाहले समान ३–३ विकेट लिए भने सागर भुजेलले २ विकेट हात पारे ।

१६२ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लब ३२.५ ओभरमा १३७ रनमै समेटियो । मुस्कान थापाले ७६ रनको उत्कृष्ट इनिङ्स खेले पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् । माछापुच्छ्रेका तर्फबाट कबिन सापकोटाले ४ विकेट, अनिश जीसीले ३ विकेट तथा रितेश बरालले २ विकेट लिए । खेलका उत्कृष्ट खेलाडी माछापुच्छ्रेका अनिश जीसी प्लेयर अफ दि म्याच घोषित भए।

एभरेष्ट क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब बीचको खेल एकतर्फी रह्यो । टस जितेर ब्याटिङ गरेको एभरेष्ट मात्र १२.३ ओभरमा २१ रनमै अलआउट भयो । एभरेष्टका सामिर आलमले ४ रन र सचिन यादवले ३ रन बनाए ।

लेकसाइडका बलर निरज ढकालले ५ विकेट तथा चन्दन राउतले ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । सामान्य लक्ष्य पछ्याएको लेकसाइडले ४ ओभरमै बिना विकेटको क्षतिमा २४ रन बनाउँदै १० विकेटको फराकिलो जित निकाल्यो । सो खेलमा निरज ढकाल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close