प्रथम बागमती प्रदेश खेलकुद : सन्तोषीलाई स्वर्ण

पोखरा स्पोर्टस । धादिङकी सन्तोषी श्रेष्ठले प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा सोमबार स्वर्ण जितेकी छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी सन्तोषीले निर्धारित दूरी १९ मिनेट ४०.९ सेकेन्डमा पूरा गरेकी हुन् । उक्त स्पर्धाको पुरुषमा सिन्धुपाल्चोकका विश्वराम कुँवर पहिलो भए । उनले १७ मिनेट १९.१ सेकेन्डमा दौड सकाए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगितको ८ सय मिटर दौडको पुरुषमा चितवनका अमृत बोट तथा महिलामा दोलखाकी अन्जु खड्का पहिलो भए । ४ गुणा १ सय मिटर रिलेको पुरुषमा चितवन तथा महिलामा भक्तपुरले स्वर्ण जिते । लङजम्पको पुरुषमा चितवनका सुजितकुमार महतो तथा महिलामा ललितपुरकी लुजला अमात्यले शीर्ष स्थान हात पारे । ज्याभ्लिन थ्रोको पुरुषमा सिन्धुपाल्चोकका मिङमार शेर्पा तथा महिलामा रामेछापकी कृतना खड्का पहिलो भए ।

पुरुष टी– २० क्रिकेटमा मकवानपुरले धादिङलाई ३२ रनले पराजित गर्दै उपाधि जित्यो । तेक्वान्दोको अन्तिम दिन पुरुष ८० केजीमुनि भक्तपुरका किरण सितिकु र महिला ५७ केजीमुनि सिन्धुपाल्चोककी सुस्मिता मोक्तानले स्वर्ण जिते ।

कराते : सुमिता र रिहानलाई स्वर्ण
नुवाकोटकी सुमिता तामाङ र काठमाण्डौंका रिहान जाबेदले प्रथम बागमती प्रदेश खेलकुद अन्तर्गत करातेको एकल कातामा स्वर्ण जितेका छन् । महिलातर्फ सुमिताले चितवानकी परजिस्मा श्रेष्ठलाई पराजित गदै स्वर्ण जितिन । एकल कातामै काठमाण्डौकी सन्जु देसार र काभ्रेकी मिना बोलन तेश्रो भए । त्यस्तै पुरुष एकल कातामा रिहानले सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठलाई हराएका थिए भने भक्तपुरका सिरिस श्रेष्ठ र रामेछापका सरण सुनुवारले तेश्रो स्थानमा चित्त बुझाउनु पर्यो ।

चौताराको आहालडाँडा छापस्थित सेमिकभर्ड हलमा भएको महिला तथा पुरुषतर्फको टिम कातामा काठमाण्डौ जिल्लाले बाजि मार्यो । महिलातर्फ निता आचार्य,सन्जु देसार र मुना शाक्यको कुसलतापूर्वक काता प्रर्दशनले उपाधि जित्न सफल भए । पुरुषतर्फ मनिस कार्की,राजकुमार कार्की र अमृत ठकरको टिमले स्वर्ण जिते । दुवै समूहमा रामेछाप रजत जित्न सफल भयो । महिला टिम कातामा भक्तपुर र सिन्धुली तेश्रो भए भने पुरुष टिम कातामा सिन्धुली र चितवान तेश्रो भएका छन् ।

कुमुतेको महिला ४५ केजीमा चितवानकी बुद्धलक्ष्मी तामाङ र नुवाकोटका पुप्पका लामा फाईनलमा प्रवेश गरेका छन् ।सोही तौल समूहमा ललितपुरकी सलिना पहरी र काभ्रेका हर्षा श्रेष्ठ तेश्रो भएका छन् ।

पुरुष ५५ केजी तौल समूहमा सिन्धुपाल्चोकका वाङचुक शेर्पा र रामेधापका विसाल केसी फाईनलमा प्रवेश गरेका छन् । सोहि समूहमा काम्रेका खेलकुमार धलान र दोलखाका खेवराज श्रेष्ठ तेश्रो भए ।

बागमती प्रदेशका १३ जिल्लाका सहभागिता रहेको प्रतियोगिताको स्थानिय चौतारा साँगचोकगडी नपाका प्रमुख अमानसिंह तामाङले उद्घाटन गरेका थिए । सो अवसरमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी बेदिनिधि खनाल,प्रहरी प्रमुख राजन अधिकारी, बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रालय खेलकुद महाशाखा प्रमुख देवनारायण चौधरी,सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिका प्रमुख गिर्मी लामालगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता ९ गते सम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close