टाइगर कप भलिबल : पुलिस विरुद्ध पर्वतको रोमाञ्चक जित

पोखरा स्पोर्ट्स । एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२ अन्तर्गत पुरुषतर्फ विभागीय टोली नेपाल पुलिस क्लब र पर्वत जिल्ला भलिबल संघबीच भएको हाई भोल्टेज प्रतिस्पर्धामा पर्वतले रोमाञ्चक जित हात पारेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी दोस्रो दिनको खेलमा पर्वतले प्रतियोगितामा उत्कृष्ट टोली मध्येको एक पुलिस क्लब माथी ३–२ ले रोमाञ्चक जित हात पारेको हो ।

प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको पर्वत जिल्लाले खेलको पहिलो र दोस्रो सेटमा सशक्त प्रदर्शन गर्दै पर्वतले क्रमशः २५–२२ र कडा प्रतिस्पर्धापूर्ण ३१–२९ ले सेट आफ्नो पक्षमा पारेको थियो । त्यसपछि खेलमा फर्किएको नेपाल पुलिस क्लबले तेस्रो र चौथो सेट २५–२१ र २५–१८ ले जित्दै खेललाई निर्णायक पाँचौँ सेटतर्फ धकेल्यो ।

निर्णायक पाँचौँ सेटमा दुवै टोलीबीच कडा टक्कर देखिए पनि अन्ततः पर्वत जिल्ला भलिबल संघले १५–१३ को जित निकाल्दै खेल ३–२ ले आफ्नो पक्षमा पारेको हो । खेलमा पर्वत टिमका फकर वातु प्लेयर अफ दि म्यचा बन्दै केल्मी नेपालको उपहार प्राप्त गरे । 

उच्चस्तरीय प्रतिस्पर्धा, दर्शकको उत्साहपूर्ण समर्थन र खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले खेल निकै रोमाञ्चक बनेको थियो । यस जितसँगै पर्वत जिल्ला भलिबल संघले प्रतियोगितामा आफ्नो सम्भावना बलियो बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close