इण्डो नेपाल मुआथाईमा नवराजलाई स्वर्ण

पोखरा स्पोर्टस । नेपालका नवराज पराजुली आठौं इन्डो–नेपाल मुवाँथाईं प्रतियोगितामा स्वर्ण जितेका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ७५ केजीमा नवराजले भारतका अनिल कुमारलाई पराजित गरे ।

पुरुष ५१ केजीमा नेपालका कृष्ण पुन मगरले भारतका विग्नेश, ५३ केजीमा भारतका कृशन लाङले नेपालका रुपेश चौहान, ४५ केजीमा भारतका वान्लक्षी कपरले नेपालका अर्मान गुरुङ, ३० केजीमा नेपालका सचिन राईले भारतका मणि, २९ केजीमा नेपालका रमित महर्जनले भारतका लक्षित र २५ केजीमा भारतका हसिकले नेपालका साङ्गे तामाङलाई हराउदै पहिलो भए । नेपालका कविन देशारले पनि पुरुष ५५ केजीमा स्वर्ण जिते ।

कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरमा भएको प्रतियोगिताको महिला ४८ केजीमा नेपालकी सुरक्षा केसीले भारतकी मराना प्रिया, ४५ केजीमा भारतकी सायाश्रीले नेपालकी पलिस्था कक्षपति, २५ केजीमा नेपालकी कुसुम लामाले भारतकी तमिल तथा ४५ केजीमा नेपालकी रिना माझीले भारतकी रभाथीलाई पाखा लगाउदै शीर्ष स्थान कब्जा गरे । महिला ४० केजीमा नेपालकी सलिना राईले स्वर्ण चुमिन् ।

दुईदिने प्रतियोगितामा ५२ खेलाडीले सहभागिता जनाएको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । २६ स्पर्धा समावेश प्रतियोगितामा एक स्पर्धामा दुई खेलाडीबीच भिडन्त भएको थियो ।

यसै गरी गण्डकी प्रदेशबाट सहभागि जनाएको उक्त प्रतियोगितामा तिन जना खेलाडीले पदक पाउन सफल भएको गण्डकी प्रदेश मुआथाईका संयोजक खगेन्द्र क्षेत्रीले जनाएका छन् । प्रतियोगितामा प्रदेश बाट चार खेलाडी सहभागि थिए । खेलाडीलाई रुपक नेपालीले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close