सुपर लिग भलिबलका लागि गण्डकीको महिला र पुरुष टोली छनोट हुन सफल

पोखरा स्पोर्टस । नेपाल भलिबल संघको आयोजनामा हुने सुपर लिग भलिबल च्याम्पियनसिपका लागि गण्डकीको महिला तथा पुरुष टोली छनोट हुन सफल भएका छन् ।

काठमाण्डौमा जारी सातौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा गण्डकीको दुवै टिमले पाँचौ स्थान प्राप्त गर्दा सुपर लिगका लागि छनोट हुन सफल भएका हुन् । सो बारे जानकारी दिंदै गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले दुबै टोली पाँचौ स्थान प्राप्त गर्दै सुपर लिगका लागि छनोट हुन सफल भएको जानकारी दिए । उनले भने–“एनभिएमा हामीले सोचे जस्तो नतिजा आएन तर गण्डकी प्रदेश सुपर लिगका लागि छनोट भएका छन् । यसका लागि म दुवै टोलीलाई बधाई दिन चाहन्छु ।”

शुक्रबार भएको अन्तिम चरणको खेलमा गण्डकीको पुरुष टिम नेपाल आर्मी संग ३–१ को सेटमा पराजित हुँदा क्वाटरफाइनलबाट अघि बढ्न सकेन । पहिलो सेट २५–२२ ले गुमाएको गण्डकीले दोश्रो सेट २१–२५ ले आफ्नो पक्षमा पारेको थियो । तेश्रो सेट २५–१० ले सहजै आफ्नो पक्षमा पारेको आर्मीले चौथो सेट सर्घर्षपूर्ण खेलमा २६–२४ ले आफ्नो पक्षमा पार्दै सेमिफाईनल यात्रा तय गरेको थियो । यद्यपी खेलमा पराजित भए पनि गण्डकी लिगका लागि स्थान बनाएको छ ।

यता महिला टोली आज भएको अर्को खेलमा गण्डकीले कृष्ण स्पोर्टस् एकेडेमीमाथि २५–८, २५–१०, २५–५ ले पराजित गर्दै लिगको लागि छनोट हुन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close