एन्फा कास्कीको छानविनको निर्णयका लागि अझै एकसाता लाग्ने

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको अनियमितताको छानविन गरेको पनि तिन साता वढी भइसकेपनि निर्णयका लागि भने अझै एक साता लाग्ने भएको छ ।

एन्फा केन्द्रले उपाध्यक्ष विर बहादुर खडकाको अध्यक्षतामा गठित समितीले गत साउन २ गते छानविन प्रतिवेदन वुझाए पनि निर्णयका लागि अझै एक साता लाग्ने भएको हो । छानविन समितीका संयोजक खडकाले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरलाई प्रतिवेदन वुझाएका थिए ।

करिव दुई साता लामो छानविन गरेका संयोजक खडका सहितको टोलीले विभिन्न ६ वटा विषयमा छानविन गरेको थियो । छानविन बारे जानकारी दिंदै एन्फाका माहसचिब तुलाधरले लेखा विभाग र कानुन विभाग संग यसबारे राय माग्ने बताए । “अध्यक्षज्युले दुई वटा विभाग संग राय माग्न भन्नु भएको छ,” उनले भने–मैले दुई वटा विभागलाई यस बारे जानकारी गराएको छु, अर्को साताको  शुक्रवार सम्म निर्णय दिन भनेको छु ।”

भक्तपुर जिल्ला संघलाई कार्वाहीको तत्परता देखाएको एन्फाले कास्कीबारे प्रतिवेदन तयार भइसक्दा पनि स्वय छानविन टोलीका सदस्यहरुले असुन्तुष्टी जाहेर गर्न थालेका छन । छानविन समितीका संयोजक खडकाले गत असार २९ गते कास्की एन्फाको साउन २१ गते सम्म साधारण सभा गर्न निर्देशन दिएका थिए । “हामीले निकै दुःखका साथ काम गर्यौ तर निर्णयमा ढिलाई हुँदा दुख लागेको छ,” उनले थपे–“प्रतिवेदनमा के छ भन्ने खुलाउन त मिल्दैन तर जे छ त्यो निर्णय गर्न अध्यक्षज्यु गम्भिर हुनुपर्छ ।”

तर एन्फाका अध्यक्ष शेर्पाले भने अडिट रिर्पोट नभएकोले निर्णय गर्न ढिलाई भएको बताए । “छानविन भयो राम्रो भयो, तर अडिट रिर्पोट नहुँदा समस्या आयो, खेस्रा विलले छानविन अपुरो जस्तो देखिएको छ, मैले कानुन र लेखा विभाग संग राय माग्न भनेको छु” उनले भने । निर्णय आउन ढिलाई भएको बारे प्रष्ट पार्दै उनले भने–“भक्तपुर जिल्लालाई पनि कार्वाही गर्न ६ महिना लागेको थियो,” उनले थप प्रष्ट्याउँदै भने–“छानविन हुने वित्तिकै निर्णय आउँछ भन्ने होइन यस भित्रका सबै पक्षहरु राम्रो संग केलाउदै निर्णयमा पुग्ने हो ।”

स्मरणिय के छ भने छानविन टोलीले छानविन टोलीले प्रष्ट रुपमा सबै कुरा बाहिर नल्याए पनि २०७५ फागुनमा सञ्चालन भएको छैटौ मनकामना गोल्ड कपमा २९ लाख १७ हजार २९० रुपैयाँ घाटा भएको जनाएको थियो । असार २९ गते भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष खडकाले प्रतियोगितामा ९२ लाख ९८ हजार १६४ रुपैया खर्च भएको र ६३ लाख ८० हजार ८७४ रुपैयाँ आम्दानी भएको जनाएका थियो । मनकामना कपको मात्रै ३७ जनालाई रकम तिर्न बाँकी रहेको छानविनमा देखिएको थियो ।

गत असार १७ गतेबाट छानविन थालेको टोलीले ११ दिन लगाएर छानविन सकेको थियो । टोलीमा एन्फा उपाध्यक्ष खडका सहित एन्फा कास्कीका पुर्व अध्यक्ष आनन्द रञ्जित र विष्णु पराजुली रहेका थिए ।

यता कास्की एन्फाका अध्यक्ष मिलन गुरुङले आफुहरु अडिट रिर्पोट तयारीको अन्तिम चरणमा पुगेको बताएका छन । “हाम्रो दुई वर्षकै अडिट रिर्पोट तयार हुँदैछ, सोमवार सम्ममा अडिट रिर्पोट केन्द्रमा पठाउँदै छौं”, उनले भने । उनले अहिले कोरोना सक्रमणका कारण साधारण सभा बस्न सम्भव नभएको बताउँदै उपयुक्त समयमा गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close