एनसेल छैटौं टाइगर कप: महिलातर्फ नेपाल पुलिसको जित

पोखरा स्पोर्ट्स। एनसेल छैटौं टाइगर कप महिला तथा पुरुष आमन्त्रण क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लबले नेपाल आर्मी क्लबलाई पराजित गर्दै पहिलो जित  दर्ता गरेको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबार   सम्पन्न पहिलो  खेलमा नेपाल पुलिस क्लबले नेपाल आर्मी क्लबलाई ३–१ सेटले हराएको हो ।

पुलिसले पहिलो सेट १६–२५ ले गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ तथा चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गर्‍यो।

यो हारसँगै नेपाल आर्मी क्लबको प्रतियोगितामा दोस्रो पराजय भएको छ। यसअघि पहिलो दिनको खेलमा पनि आर्मी क्लब टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबसँग पराजित भएको थियो । जितमा नेपाल पुलिस क्लबकी एलिशा मानन्धर उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

महिला तथा पुरुष दुवैतर्फ रोमाञ्चक प्रतिस्पर्धा भइरहेको टाइगर कपमा आगामी खेलहरू पनि दर्शकका लागि आकर्षक हुने अपेक्षा गरिएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close