कास्की एकदिवसीय क्रिकेटमा सिब्रिनले ७९ बलमा १२१ रन बनाए, राजको ६ विकेट

पोखरा स्पोर्ट्स । कास्की जिल्ला क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत भएको खेलमा साङ्ग्रिला क्रिकेट क्लबले एकतर्फी प्रदर्शन गर्दै एभरेष्ट क्रिकेट क्लब विरुद्ध विशाल ३२६ रनको जित निकालेको छ ।

टस जितेर ब्याटिङ रोजेको साङ्ग्रिला क्रिकेट क्लबले निर्धारित ५० ओभरभित्रै ४७.२ ओभरमा सबै विकेट गुमाउँदै ३७६ रनको विशाल योगफल खडा गर्‍यो । साङ्ग्रिलाका सिब्रिन श्रेष्ठले ७९ बलमा १२१ रनको उत्कृष्ट शतकीय इनिङ्स खेलेर टोलीको जितमा महत्वपूर्ण भूमिका निभाए । उनलाई सञ्जय नेपाल (३४ रन) र रिकेश गुप्ता (३३ रन) ले साथ दिए ।

बलिङतर्फ एभरेष्ट क्रिकेट क्लब टोलीका सृजन पौडेलले १० ओभरमा ३७ रन खर्चेर ६ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । नियाज अहमद र सन्देश शाही ले समान १–१ विकेट हात पारे ।

विशाल लक्ष्य पछ्याएको विपक्षी टोली एभरेष्ट क्रिकेट क्लब दबाबमा पर्दै १८.३ ओभरमै ५० रनमा समेटियो । टोलीका लागि धनुज यादव (१३ रन) र सचिन यादव (१० रन) बाहेक अन्य ब्याट्सम्यान टिक्न सकेनन् ।

साङ्ग्रिलाका बलरहरू अत्यन्त प्रभावशाली देखिए । राज परियारले ४.३ ओभरमा मात्र ९ रन खर्चेर ६ विकेट लिए भने सञ्जय नेपालले २ विकेट तथा बिपिन खत्रीले १ विकेट हात पारे । यस शानदार प्रदर्शनका लागि सिब्रिन श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close