गण्डकी प्रदेश पौडी संघको अध्यक्षमा ‘आनन्द कुँवर’

पोखरा स्पोर्टस । गण्डकी प्रदेश पौडी संघको अध्यक्षमा आनन्द कुँवर निर्वाचित भएका छन । संघको प्रथम साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालका लागि आनन्द कुुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

जस अन्तर्गत संघको उपाध्यक्षमा कृष्ण भक्त आचार्य, सचिवमा जीवन रेग्मी, कोषाध्यक्षमा बबिता कार्की के.सी. निर्वाचित भएका छन । त्यसैगरी सदस्यहरुमा लाल बहादुर पराजुली थापा, तिल बहादुर थापा मगर, सूर्य बहादुर सिग्देल, राजेन्द्र बहादुर अधिकारी, धमेन्द्र गिरी, विष्णु पहारी, रुवि तामाङ, अर्जुन नेपाली, अमृत खड्का, महेन्द्र भुजेल निर्वाचित भए ।

नव निर्वाचित समितिले गण्डकी प्रदेशमा पौडी बिकास र विस्तार गर्न पौडी खेल संरचनामा जोड दिने, विद्यालयस्तरमा पनि पौडी खेलको बारेमा जानकारीका साथै पौडी प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी पोखरामा खेल पर्यटनको बिकास र विस्तारका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता गर्ने, विद्यालयका खेल शिक्षकहरुलाई पौडी खेल सम्बन्धि प्रशिक्षण गर्न र लाइफ गार्ड कोर्स सञ्चालन गर्न पहल गर्ने समेत निर्णय गरेको छ ।

साधारण सभामा गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठक, पूर्व राष्ट्रिय पौडी खेलाडी लाल बहादुर पराजुली, पूर्व राष्ट्रिय खेलाडी तिल बहादुर थापा, पौडी प्रेमी विशाल आचार्य लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close