महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत आज चार खेल हुदै

पोखरा स्पोर्ट्स । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत आज चार खेल हुदैछन् । 

आज बिहान ९ बजेदेखि टियु क्रिकेट मैदानमा पिएनजी र बंगलादेशबीच खेल हुदैछ भने दिउसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा जिम्बाबे र थाइल्याण्डबीच खेल हुदैछ ।

त्यस्तै बिहान ९ बजेदेखि टियु क्रिकेट मैदानमा स्कटल्याण्ड र नेदरल्याण्डसबीच खेल हुदैछ भने दिउसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा नामिबिया र अमेरिकाबीच खेल हुदैछ ।      

यसअघि आइतबार सम्पन्न पहिलो दिनको खेलमा समुह ए का आयरल्याण्ड र बंगलादेश विजयी भएका थिए भने समुह बी बाट थाइल्याण्ड र नेदरल्याण्डस विजयी भएका थिए ।

नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग हार बेहोरेको थियो भने दोस्रो खेल विहिबार नेदरल्याण्डसविरुद्ध खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close