
पोखरा स्पोर्ट्स । अल नासरले साउदी प्रो लिगमा लगातार दोस्रो हारपछि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जीमा किंग्सले कोम्यान र अब्दुल रहमान घरीबले एक एक गोल गरेका थिए भने एक गोल अल शबाबका साड यसलमले आत्मघाती गोल गरेका थिए ।
त्यस्तै अल शबाबका लागि एक गोल गरेका थिए भने एक गोल अल नासरका मोहमा सिमकनले आत्मघाती गोल गरेका थिए । यस खेलमा भिसेन्ट सिएरोले खेलको ६७औं मिनेटमा रातो कार्ड पाएपछि अल शबाब १० खेलाडीमा समिति भएको थियो ।
यो जितपछि अल नासरको लिगमा १५ खेलमा ३४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको अल हिलालको १४ खेलमा ३८ अंक रहेको छ ।
त्यस्तै अल शबाबको भने १५ खेलमा ११ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।


