गण्डकी फेन्सिङको साधारण सभा, कार्यालयको समेत् उद्घाटन

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश फेन्सिङ संघको तेस्रो साधारण सभा पोखरामा सम्पन्न भएको छ । साधारण सभाकै संघारमा संघको कार्यालय समेत औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीमा दर्ता भएका खेल संघ मध्ये गण्डकी फेन्सिङ संघ आफ्नै कार्यालय स्थापना गर्ने पहिलो संघ समेत भएको छ । पोखरा १० इन्द्रचोकमा स्थापित कार्यालयको एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य डा.मधुसुदन सुवेदीले गरे । सो अवसरमा बोल्दै उनले गण्डकी प्रदेश फेन्सिङ खेल विकासका लागि संघले महत्वपूर्ण कार्यहरु गरेको जनाउँदै प्रशंसा गरे ।

कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका सदस्य दिल बहादुर गुरूङले प्रदेशको शान माथी उठाउने गरी फेन्सिङ खेलले गरेको मेहनत अवस्मिरणिय रहेको बताए । आफ्नो स्थापनाको छोटो समयमा नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको उत्पादनसँगै कार्यालय समेत स्थापना गरी फेन्सिङ खेलको विकासमा महत्वपूर्ण योगदान दिएको उनले बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारले राज्य संरचनाले खेलकुदको मर्मलाई अझै आत्मसाथ गर्न नसक्दा खेलकुदको विकासले फड्को मार्न नसकेको उल्लेख गरे ।

गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष एवं नेपाल फेन्सिङ संघका उपाध्यक्ष बिजय शाहीको अध्यक्षतामा भएको तेस्रो साधारण सभामा केन्द्रिय कोषाध्यक्ष अनुप कपालीले गण्डकी प्रदेश विभागिय टोली पछि खेलाडी उत्पादनमा अग्र स्थानमा रहेको बताए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङ, पोखरा उद्योग बाणिज्य संघका सदस्य ललित कुँवर, गण्डकी प्रदेश फेन्सिङका सदस्य शिव शर्मालगायतले आफ्ना भनाई राखेका थिए ।

तेस्रो साधारण सभामा सचिब सन्दिप बरालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close