अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा रेहान र रसुगीलाई स्वर्ण

पोखरा स्पोर्टस । नेपालका रेहान जावेद र रसुगी पाण्डेले आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा शनिबार स्वर्ण जितेका छन् ।

रेहान पुरुष तथा रसुगी महिलातर्फ पहिलो भएका हुन् । रेहानले नेपालका कृष्ण ऐडी र रसुगीले नेपालकै वर्षा बूढा मगरलाई पछि पारे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला ५५ केजीमा नेपालकी पुष्पका लामाले नेपालकै सन्जिवनी कार्की, ६१ केजीमुनि नेपालकी निरुता श्रेष्ठले नेपालकी जुनु विशंखे तथा ३३ केजीमा नेपालकी प्रतिक्षा तामाङले भारतकी अस्विनी पवारलाई पराजित गर्दै स्वर्ण जिते ।

नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगिताको पुरुष ४५ केजीमा नेपालका अनिश खड्काले नेपालका लेखराज घिमिरे, ४० केजीमा नेपालका इरफान वस्ताले भारतका अभिमन्यु तथा ३० केजीमा नेपालका अनिल रोकाले भारतका अद्नान मल्भीलाई हराउदै स्वर्ण जिते । प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close