नेपाल भलिबल संघले ‘हिमाल सुनारी’ जिताउ अभियानमा नगद सहयोग गर्दै

पोखरा स्पोर्ट्स । २२औं पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसतर्फ मनोनयनमा परेका राष्ट्रिय भलिबल खेलाडी हिमाल सुनारीलाई जिताउन नेपाली भलिबल संघहरुको छाता संस्था नेपाल भलिबल संघले नगद सहयोग गर्ने भएको छ ।

यहि पौष २३ गते हुने २२औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा हिमालसहित ५ विभिन्न खेलका खेलाडीहरु मनोनयनमा छन् । नेपाल भलिबल संघले हिमाललाई जिताउन नगद ३५ हजार सहयोग गर्ने भएको संघका पूर्व सचिब डिवी नेपालीले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका हुन् ।

नेपाल भलिबल संघले एनभिए कप समापन समारोहमा हिमाललाई सो रकम हस्तान्तरण गर्नेसँगै भलिबल प्रेमीहरुलाई हिमाललाई जिताउन आग्रह गर्ने समेत गर्ने भएको छ ।

पिपल्स च्वाइस मनोनयनमा हिमालसहित फुटबलकी रेखा पौडेल, क्रिकेटकी पुजा महतो, विजय सिन्जाली र टेबुल टेनिसकी इभाना थापा रहेका छन् ।

अवार्ड कार्यक्रमसँगै पुस २२ गते स्पोर्ट्स समिटसमेत आयोजना हुने एनएसजेएफले जानकारी दिएको छ ।

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष परुष, महिला र युवातर्फ वर्षको उत्कृष्ट, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेका छन् । वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेताले मोटरसाइकल पाउनेछन् भने अन्य विद्याका बिजेताले जनही नगद १ लाख प्राप्त गर्नेछन् ।

२२औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड पहिलो पटक पोखरामा आयोजना भएको हो । सो कार्यक्रम पौष २३ गते पोखरा सभागृहमा आयोजना हुँदैछ ।

नेपाल खेलकुद पत्रकार मञ्चले अध्यक्ष निरन्जन अधिकारीलाई अवार्ड सफल पार्न संयोजक तोकेको छ भने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अध्यक्ष एमबी आस्थालाई सहसंयोजकको भूमिकामा त्यहाँ पठाएको छ । यद्यपी गण्डकीले समेत नवौं सस्करणको स्पोर्ट्स अवार्ड सम्पन्न गरी दशौंको तयारीमा रहेको छ ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close