
पोखरा स्पोर्टस । यूकेको ईचिङ्गहिल गल्फ कोर्श फोल्कस्टोनमा गोर्खा हिल च्याम्पियनसिप गल्फ टुर्नामेन्ट भब्य सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा करिब १ सय १ जना गल्फर्सहरू सहभागी रहेको उक्त खेलका प्रायोजक गोर्खाहिल सुपर स्टोरका प्रोप्राईटर चन्द्र बहादुर गुरूङले जानकारी गराएका हुन । बिभिन्न क्याटोगोरीमा सम्पन्न उक्त प्रतियोगितामा ग्रस च्याम्पियन गजेन्द्र गुरूङ भएका छन । अर्का प्रतिष्पर्धी सुनिल गुरूङ नेट च्याम्पियन घोषित भए ।
यसै गरी डिभिजन ‘ए’ मा च्याम्पियन तुलजङ्ग गुरूङ, डिभिजन ‘बि’ मा च्याम्पियन मन्जिल गुरूङ र ‘सि’मा च्याम्पियन कृष्ण तामाङ उत्कृष्ट ठहरिए । लामो दुरी पार गर्नेमा चन्द्र राई र सिनियर लामो दुरीमा डमर शाही च्याम्पियन भए । एनटिपी च्याम्पियन कृष्ण तामाङ भए भने एनजेपी च्याम्पियन प्रेम काजी गुरूङ बिजेता बने । काउन्ट ब्याक च्याम्पियनशिप गंगा मल्ल बन्न सफल भए ।
विभिन्न क्याटोगोरीमा बिजेता उपबिजेता हरूलाई तमुधि यूकेका पूर्व अध्यक्ष अध्यक्ष ज्ञाम गुरूङ र श्रीमती शान्त गुरूङ र फोल्कस्टन नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष तथा प्रायोजक चन्द्रबहादुर गुरूङले नगद र ट्रफी बितरण गरे । विगत लामो समय देखि चलिरहेको गल्फ प्रतियोगितालाई सन २०१८ बाट गोरखा हिल च्याम्पियनसिपको रूपमा आफ्नो तर्फबाट शिल्ड ट्रफि र नगद पुरष्कार प्रदान गरिदै आएको प्रोप्राईटर गुरूङले जानकारी गराएका छन ।
यसै गरी प्रायोजकका रुपमा आर्थिक सहयोग गरी प्रतियोगिता सफल बनाउन पोखरा ट्राभल्स, लेमन लिफ रेस्टुरेन्ट, एभरेष्ट क्याफे, ओरियन्टल बफे, दिदीबहिनीहरू हुमसिरी गुरूङ, कुलदेबि गुरूङ, ईन्द्र गुरूङ, शर्मिला गुरुङ, लक्ष्मी गुरूङ र परिबार, दाजुभाइहरू दिलीपकुमार गुरूङ ‘एमबिई’, सुर्य गुरूङ, गिरी प्रसाद गुरूङ, कृष्ण गुरूङ, तेज गुरूङ, चित्र गुरूङ र प्रबिण क्षेत्री लाई प्रोप्राईटर गुरूङले आभार व्यक्त गरेका छन ।
उक्त गल्फ प्रतियोगिता सफल बनाउन संयोजनको भूमिका निर्वाह गर्ने गोर्खा गल्फ सोसाईटी युकेलाई समेत प्रोप्राईटर गुरूङले धन्यवाद दिएका छन । समापनका अवसरमा गोरखा हिल प्रोप्राईटर गुरूङ दम्पतीको वैवाहिक वर्षगाठको २५ औं वर्षको संयोग समेत परेकोमा गोरखा गल्फ सोसाईटीका चेयर मेन सोमराज तामाङले फुलका गुच्छा र कार्ड प्रायोजक चन्द्रबहादुर गुरूङ र शान्ता गुरूङलाई बधाई, शुभकामना र धन्यवाद दिएका थिए ।


