माछापुच्छ्रे पोखरा टेनिस : महिलातर्फ शिवाली च्याम्पियन, पुरुषतर्फको सेमीफाइनलमा प्रदिप पराजित

पोखरा स्पोर्ट्स । पोखरामा जारी २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस महिलातर्फको फाइनलमा शिवाली गुरूङ च्याम्पियन भएकी छन् । मंगलबार भएको फाइनलमा उनले नेपाल शिर्ष वरियता सुनिरा थापालाई ६–३, ६–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेकी हुन् ।

त्यसै गरी पुरुष ओपन सिंगल्स सेमीफाइनलमा नेपाल नं १ प्रदिप खड्का पराजित भएका छन् । उनलाई आयुष्मान हजुर घलेले २–१ को सेटमा पराजित गरे । पहिलो सेट २–६ ले आफ्नो पक्षमा पारेका प्रदिपले दोस्रो र तेस्रो सेट क्रमश ६–४, ६–२ ले गुमाए । त्यस्तै अर्को सेमीफाइनलमा करन बहादुर थापाले राजविर प्रधानलाई पराजित गरी फाइनलमा आयुष्मान संग भेट पक्का गरेका छन् । उनले ६–३, ६–२ ले  जित हात पारे ।

त्यस्तै, पुरुष सिंगल्स ५५ वर्ष भन्दा माथीको फाइनलमा चन्द्र शाही बिजयी भएका छन् । उनले आफ्नो प्रतिद्वन्दी जिवन घिमिरेलाई ६–०, ६–४ ले पराजित गरी सो इभेन्टको उपाधि जिते भने ४५ वर्ष माथी पुरुष सिंगल्समा कमल भण्डारीले फाइनलमा देव क्षेत्रीलाई ६–२, ६–० को सोझो सेटमा हराउँदै उपाधि जिते ।

३५ वर्ष माथी सिंगल्समा पूर्व नेपाल नं १ जितेन्द्र परियार र सन्तोष खत्री फाइनलमा भिड्ने भएका छन् । आज सम्पन्न सेमीफाइनलमा जितेन्द्रले पेमा नोर्वुलाई ६–०, ६–२ ले तथा सन्तोषले भिष्म जङ्ग गुरूङलाई ६–४, ६–४ ले पराजित गरी उपाधि नजिक पुगेका छन् ।

प्रतियोगिताको फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम भोली बुधबार हुने टुर्नामेन्ट सुपरभाइजर कुमार अधिकारीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close