फूटबलकी कप्तान निरुलाई सुन र चाँदी जडित मेडल सहित सम्मान

पोखरा,
नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान निरु थापालाई आधितोला सुन र चार तोला चाँदी जडित मेडलले आज पोखरामा सम्मन गरिएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका संयोजक तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले करिब १४ वर्ष सम्म अनवरत रुपमा नेपाली फुटबलमा दिएको योगदानको उच्च कदर गर्दै कप्तान थापालाई सम्मान गरेका हुन ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र कास्की जिल्ला खेलकुद बिकास समितिले पोखरामा शुभकामना आदान प्रदान तथा विभिन्न मनोरंन्जनात्मक खेलकुद कार्यक्रममा फुटबलकी कप्तान थापाले म्यूजिकल चियर तर्फ प्रथम स्थान हासिल गर्दै ७ हजार नगद जितिन ।

पोखरामा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मार्शल आर्टको खेल फुल कन्ट्याक्ट करातेमा उत्कृष्ट प्रर्दशन गरे वापत रुपक नेपालीलाई १५ हजार नगद सहित सम्मान गरिएको छ ।

त्यसै गरि महिला भलिबलमा बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय महिला ह्याण्डबल टोलीले राष्ट्रिय महिला फुटबल टोलीलाई २–१ सेटमा पराजित गर्दै नगद १५ हजार जित्न सफल भयो भने पुरुष भलिबलमा सहारा क्लब पोखराले प्रथम स्थान हासिल गर्दै नगद १० हजार जितेको छ ।

यसै गरि डोरी तान खेलमा फुल कन्ट्याक्ट टिम प्रथम हुँदै नगद ७ हजार जित्न सफल भएको छ । भने महिला घैटो फुटाउने खेलमा राष्ट्रिय महिला फुटबलकी हिरा कुमारी भुजेलले नगद ७ हजार जितेकी छन ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षणमा रहेका फुटबल तथा ह्याण्डबल महिला टिमका खेलाडी, राष्ट्रिय पुरुष ह्याण्डबल टिम लगाएत अन्य खेलाडी र खेलकुद संघका पदाधिकारीहरु सहभागी भएका थिए ।

सो अवसरमा पूर्व राष्ट्रिय खेलाडीहरुको टिम र खेलकुद कर्मचारीहरुको टिमले समेत भलिबल खेलेका थिए ।

उक्त प्रतियोगितामा बिजेता सम्पूर्ण खेलाडी तथा टिमलाई मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फ बाट राखेप सदस्य गुरुङले नगद प्रदान गरेका थिए । खेलाडीहरुको सम्मानमा रात्री भोजको समेत आयोजना गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close