विश्वकप २०१८ः रसिया र क्रोसिया क्वाटर फाइनलमा प्रवेश

एजेन्सी– असार १८
रसियामा जारी विश्वकप २०१८ मा आयोजक रसियाले स्पेनलाई पेनाल्टीमा ४–३ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा दुबै टिमले १–१ को बराबरी खेले पछि खेल अतिरिक्त समय हुँदै पेनाल्टीमा पुगेको थियो ।

खेलको १२ औ मिनेटमा सेर्जे इग्नासेभिचले आत्मघाती गोल मार्फत १–० गोलले पछि परेको आयोजक रसिया खेलको ४१ औं मिनेटमा स्पेनका जेरार्ड पिकेले डि बक्समा ह्याण्डबल गरे पछि पाएको पेनाल्टीमा आर्तेमजुबा गोल गर्दै खेललाई १–१ मा पु¥याएका थिए । तर दोश्रो हाफमा समेत गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।

पेनाल्टीमा रसियन गोल रक्षक डेनिस चेरिसेभले स्पेनका कोके र लागोको प्रहार रोकेपछि रसिया सन २०१० को विश्वकप बिजेता स्पेनलाई प्रिक्वाटरमा रोक्दै क्वाटरफाइनल चरणमा पुगेको हो ।

गएराति नै सम्पन्न दोश्रो भएको क्रोसिया र डेनमार्क बिचको खेलको परिणाम पनि पेनाल्टी शुटआउट बाटै भएको छ । नियमित र अतिरिक्त समय १–१ मा सकिएपछी खेल पेनाल्टीसम्म पुगेको थियो ।

डेनमार्कले खेलको पहिलो मिनेटमै माथियस जोर्जेन्सनले गोल गर्दै टोलीलाई अग्रता दिए पनि खेलको चौथो मिनेटमा क्रोसियाका लागि मारियो मान्डजुकिचले गोल गर्दै खेललाई बराबरीमा फर्काए ।

दोस्रो हाफ र अतिरिक्त समयमा गोल हुन नसक्दा खेल पेनाल्टीतर्फ मोडिएको थियो । सुटमा क्रोएसियाका गोलकिपर सुबासिचले तिन उत्कृष्ट बचाऊ गर्दै ३–२ गोलको जितमा टोलीलाई क्वाटरफाइनल तर्फ पु¥याए । स्पेनिस मिडफिल्डर आन्द्रे एनिस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । स्पेन विश्वकपको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि एनिस्टाले सन्यास लिएका हुन् ।

आजको पहिलो खेलमा ब्राजिलले मेक्सिको सामना गर्दैछ भने दोश्रो एशियाली राष्ट्र जापान बेल्जियम संग भिड्दैछ । फेयर प्लेको आधारमा जापान प्रिक्वाटरमा प्रवेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close