नेपालका महेशलाई बडिबिल्डिङमा स्वर्ण

पोखरा स्पोर्टस । मकाउ बडिबिल्डिङ एन्ड स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा नेपालका महेश श्रेष्ठले स्वर्ण जितेका छन् । उनले पुरुष ७० केजीको बडिबिल्डिङमा स्वर्ण जितेका हुन् ।

चीनका साम चुइले रजत तथा नेपालका प्रवेश अधिकारीले कांस्य जितेका छन् । नेपालकै सफल गुरुङ चौथो भए । उक्त स्पर्धामा १४ खेलाडी सहभागी थिए ।

बडिबिल्डिङकै पुरुष ६० केजीमा नेपालका बलु खड्काले कांस्य जिते । उनको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । १३ प्रतिस्पर्धी सहभागी स्पर्धामा हङकङका लाइ चि मेङ पहिलो र फिलिपिन्सका मानुएल पेड्रो दोश्रो भए । प्रतियोगितामा १ सय २ खेलाडीले सहभागिता जनाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close