
पोखरा स्पोर्टस । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का बिहीबार अस्ट्रियाको इन्सबक जाँदै छन् ।
अस्ट्रियन ओपन वर्ल्ड र्याङकिङ जि–२ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न खड्का त्यसतर्फ जान लागेका हुन् । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाटै निर्णायकमा छनोट हुने खड्का एक्लो हुन् । प्रतियोगिता मे २८ देखि २९ तारिखसम्म हुने छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खड्कालाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य–सचिव घिसिङले खेलाडीका साथै नेपाली निर्णायकहरुले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाउनु राम्रो पक्ष भएको धारणा व्यक्त गरे ।
