यू–१९ एशिया कपमा नेपालको लगातार दोस्रो हार

पोखरा स्पोर्ट्स ।  नेपालले एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत लगातार दोस्रो हार बेहोरेको छ । सोमबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ७ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १३१ रनको लक्ष्य पछाएको बंगलादेशले २४.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ३१.१ ओभरमा अल आउट हुदै १३० रन बनाएको थियो ।

नेपालका लागि अभिशेख तिवारीले सर्बाधिक ३० रन बनाए भने आशिष लुहारले २३, साहिल पटेलले १८ र निरज कुमार यादवले १४ रन बनाएका थिए ।

त्यस्तै बंगलादेशका बलर मोहमद सोबुजले ३ विकेट लिए भने साद इस्लाम, शाहरिआर अल अमिम र अजुजुल हाकिमले २-२ विकेट लिएका थिए ।

यो हारसँगै नेपालको सेमिफाइनलको सम्भावना लगभग सकिएको छ । अब नेपालले अन्तिम खेल अफगानिस्तानसँग बुधबार खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close