
पोखरा स्पोर्ट्स । पोखरा १५ स्थित वेलनन एकेडेमीमा १८औं खेलकुद सप्ताह सुरू भएको छ । विद्यालयका संस्थापक प्रिन्सिपल आनन्दराज अधिकारीका अनुसार विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि विद्यालयले हरेक वर्ष खेलकुद सप्ताहको रुपमा कार्यक्रमहरु आयोजना गर्दै आएको जनाएका छन् ।

विधार्थीहरुको शारीरिक तथा मानशिकरुपमा तन्दुरुस्त राख्न खेलकुदको अपरिहार्यतालाई मध्यनजर गर्दै खेलकुद प्रतियोगिताहरुलाई विशेष अतिरिक्त कृयाकलापमा जोडिएको प्रिन्सिपल अधिकारीले बताए ।
सो खेलकुद सप्ताहको एक कार्यक्रमका बीच विद्यालयका निर्देशक शान्ता बहादुर गुरूङले गरेका छन् ।
खेलकुद सप्ताहअन्तर्गत बास्केटबल, एथलेटिक्सलगायतका प्रतियोगिताहरु समावेश गरिएको विद्यालयका सुपरभाइजर दिपक कुंवरले जनाएका छन् ।
विद्यालयको वार्षिक खेलकुद महोत्सवको अवसरमा विद्यलायको प्राङ्गणमा निर्मित बास्केटबल कोर्टको समेत शुभारम्भ गरिएको विद्यालयका सह प्राचार्य शिवहरी सुवेदीले जानकारी दिए ।
पोखराको कान्छो विद्यालयको रुपमा रहेको वेलनन एकेडेमीमा हाल ८०० जना विद्यार्थीहरु अध्ययनरत रहेको अतिरिक्त कृयाकलाप प्रमुख विष्णु कुमारी गुरूङले बताएकी छन् । कक्षा १२ सम्म अध्ययन अध्यापन हुदै आएको विद्यालयमा १४ व्याचका विद्यार्थीहरुले एसइई दिएका छन् ।
