पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने

पोखरा, आगामी फागुन ३ गते पोखरामा हुने १४ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने भएको छ ।

मञ्चका अध्यक्ष मन प्रसाद गुरुङले पोखरामा हुने उक्त प्रतियोगिता पोखरेलीहरुको मात्र नभई सिंगो नेपालसंग समेत जोडिएकोले सो प्रतियोगितालाई सफल पार्न आफ्नो क्षेत्रबाट आर्थिक सहितको अन्य सहयोग गर्ने बताएका हुन् ।

वेलायतमा लण्डन म्याराथनमा विश्वका धेरै धावकहरु सहभागि हुने गरेको प्रशंग उठाउदै मञ्चका अध्यक्ष गुरुङले पोखरामा हुने उक्त दौडलाई पनि लण्डन म्याराथन स्तरमै चर्चा गर्दै विश्वका धेरै धावकहरुलाई समेट्न सक्नुपर्नेमा जोड दिए । उनले भने “हिमाल हेर्दै म्याराथन दौडन पाउने विश्वका कम मुलुकमा हुने यो अवसर पोखरा म्यारथना हुने हुदा यस प्रतियोगितालाई हामीले खेल पर्यटन र विदेशमा गएका नेपालीहरुलाई स्वदेश फिर्ता हुने समयको रुपमा स्थापित गर्न सक्नु पर्छ ।”

नेपालमा हुने खेलमा स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्ने उनको जोड थियो । नेपालमा धेरै सौन्दर्यता भएकोले एक वर्षका लागि मात्रै नभई हरेक बर्ष जसो भिजिट नेपालको रुपमा मनाउनु् पर्ने मञ्चका अध्यक्ष गुरुङले बताए ।

भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले पोखरा म्याराथनलाई निरन्तरता दिदै आएको बताए । विजेतालाई एक लाख पुरस्कार राशी राखिएकोमा यस बर्ष राम्रो सहयोग जुटेमा विजेतालाई तीन लाख सम्मको पुरस्कार राख्ने योजना भएको उनले जनाए ।

खेललाई विश्वमा शान्तिसंग जोडन लागिएको अध्यक्ष गुरुङले बताउँदै म्याराथन पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन संगै भिजिट नेपाल २०२० लाई समेत सफल पार्न सहयोग पुग्ने उनले भनाई थियो । मंचका सल्लाहकार महेश गुरुङले पोखरामा हुने उक्त इभेण्टलाई धेरै आप्रवासि नेपालीले सहकार्य गर्न खोजेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close