राखेपले गण्डकी प्रदेशका लागि कति छुट्टायो बजेट, हेर्नुस कुन जिल्लामा कति ?

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका विभिन्न जिल्लाका लागि खेलकुदका पूर्वाधार निर्माणका लागि बजेट छुट्टाएको छ ।

राखेपले आर्थिक वर्ष २०७८/०७९ का लागि गण्डकी प्रदेशका विभिन्न जिल्लामा पूर्वाधारतर्फ १ करोड ८५ लाख जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्डलाई ४३ लाख र प्रदेश स्तरियलाई २२ लाख गरी कुल २ करोड ५० छुट्टाएको हो ।

राखेपले गण्डकी प्रदेशका विभिन्न पूर्वाधार निर्माण मध्ये पाँच विभिन्न योजनामा तनहुँमा ६० लाख खर्च गरिने भएको छ । त्यसै गरी कास्कीका ६ योजनामा ५५ लाख, स्याङजाका दुई २५ लाख, वागलुङका दुई योजनामा २० लाख, मुस्ताङमा एक योजनामा १५ लाख र पर्वतको एक योजना १० लाख खर्च गर्ने भएको छ ।

जस अन्तर्गत तनहुँको शुक्लागण्डकी खेल पूर्वाधार निर्माणमा १५ लाख, गोल ढुङ्गा फरामचौर खेल मैदान निर्माणका लागि १० लाख, शुक्लागण्डकीकै अर्को एक पूर्वाधार निर्माणमा १० लाख, भानु नगरपालिका १ को फुटबल मैदान निर्माणमा १० लाख र भिमाद नगरपालिकामा रंगशाला निर्माणका लागि १५ लाख खर्च छुट्टाएको छ ।

यसै गरी कास्कीको पोखरा २० स्थित तोपढाप हाइ अल्टिच्यूड खेल मैदानका लागि १० लाख, पोखरा १६ स्थित भलिबल तथा ह्याण्डबल खेल मैदानको पार्केटिङ्गको लागि १० लाख, पोखरा २१ कृस्ती मालागिरी खेल मैदान निर्माण १० लाख, भण्डारढिक रंगशाला निर्माण १५ लाख, बाम्दी भलिबल खेल मैदानको तारजालीका लागि १० लाख बजेट छुट्टाएको छ ।

त्यस्तै स्याङ्जा वलिङ्ग १४ स्थित बान्द्रे भञ्ज्याङ्ग खेल मैदान निर्माणका लागि १५ लाख, चापाकोट ९ बैडी खेल मैदान निर्माणका लागि १० लाख, बाग्लुङ्गको गलकोट ५ स्थित फापरथुम खेल मैदानका लागि १० लाख, बाग्लुङ्ग १० स्थित रापडाँडा खेल मैदानका लागि १० लाख, जोमसोम घरपझोङ खेल मैदान निर्माणका लागि १५ लाख, पर्वत फलेवास ६ मा कभर्ड हल निर्माणका लागि १० लाख छुट्टाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close