भारतीय राष्ट्रिय क्रिकेट टिमलाई आइसीसीको जरिवाना

पोखरा स्पोर्ट्स ।  भारतीय राष्ट्रिय क्रिकेट टिमलाई आइसीसीले जरिवाना गरेको छ । डिसेम्बर ३ मा रायपुरमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा भारतीय टोली नियम तोडेकोमा दोषी ठहरिएपछि आइसीसीले टोलीलाई जरिवाना गरिएको हो ।

यस खेलमा ढिलो ओभर-रेट कायम राखेकोमा भारतीय टोलीलाई म्याच शुल्कको १० प्रतिशत जरिवाना गरिएको आइसीसीले जानकारी दिएको छ ।

रायपुरमा भएको दोस्रो एकदिवसीय खेलमा भारतीय टोली दुई ओभर पछाडि थियो । कप्तान केएल राहुलले यो आरोप स्वीकार गरेका छन् यस विषयमा औपचारिक सुनुवाइको आवश्यकता नपरेको आसिसीले जनाएको छ ।

रायपुर एकदिवसीय खेलमा भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो भने दक्षिण अफ्रिकी टोलीले चार विकेटले जित हासिल गरेको थियो । एकदिवसीय सिरिज भने भारतले २-१ ले जितिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close