राष्ट्रपति कप : कराँतेमा गण्डकीलाई थप एक स्वर्ण

पोखरा स्पोर्टस । काठमाण्डौमा जारी १२ औं राष्ट्रपति रनिङ शिल्डमा छात्रा कराँतेमा गण्डकीले थप एक स्वर्ण पदक हासिल गरेको छ ।

भर्खरै सम्पन्न छात्रा कराँते ५० किलो तौलमा  प्रिती तामाङले गण्डकी प्रदेशका लागि स्वर्ण पदक दिलाएकी हुन् । छात्र ४७ केजी तौलमा लक्ष्मण पुनले एक स्वर्ण पदक जितेका थिए । यो सहित गण्डकीले कराँतेमा दुई स्वर्ण जितेको छ ।

छात्रातर्फ स्वर्ण पदक जित्ने प्रिती लमजुङ वेशीशहर नगरपालिकाकी हुन् । उनी जन प्रकाश मावीमा अध्ययनरत छिन् ।

हाल सम्म गण्डकीले जारी प्रतियोगितामा ३ स्वर्ण पदक हात पारेको छ ।  करातेमा गण्डकीले २ स्वर्ण, १ रजत र ४ कास्य पदक जितेको छ । पदक जित्ने हरुमा प्रेक्षा थापा ४५ केजी छात्रा रजत, प्रिन्स गुरूड छात्र एकल काता काश्य, रोमन नेपाली ४२ केजी छात्र काश्य, सुनिमा तमाड ४० केजी छात्रा काश्य र प्रेरणा रोक्का ४० केजी छात्रा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close