
पोखरा स्पोर्ट्स । नेपाली फुटबलमा निरन्तरता र अनुशासनको पहिचान बनेको आहा रारा पोखरा गोल्डकप आफ्नो २५औं रजत संस्करणसँगै नयाँ लोगो सहित अघि बढेको छ। आयोजक सहारा क्लब पोखराले मिति घोषणा समारोहमै रजत वर्षको प्रतीक झल्किने नयाँ व्यानर सार्वजनिक गरेको हो ।
२५औं रजत वर्ष संस्करणसँगै सार्वजनिक गरिएको लोगोमा गोल्डकपमा अंकित माछा, फुटबल, पोखराको पहिचान माछापुच्छ्रे हिमाल तथा सात रङ्गको सुसम्बन्धित मिश्रण समावेश गरिएको छ । लोगोमा ‘आहा रारा पोखरा गोल्डकप २०२६’ उल्लेख गरिएको छ।
२५ वर्षदेखि अनवरत फुटबल विकासमा सक्रिय सहारा क्लब पोखरा २०५८ मा स्थापित गैर–नाफामूलक संस्था हो, जसले विशेष गरी विपन्न तथा कठिन परिस्थितीका बालकहरुको संरक्षण, शिक्षा तथा खेलकुदमार्फत उनीहरूको समग्र विकासलाई लक्ष्य बनाएको छ । क्लबले सञ्चालन गर्दै आएको ‘सहारा एकेडेमी’ मार्फत युवा फुटबल प्रतिभा उत्पादनमा पनि महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
यही सामाजिक मूल्य र खेलभावनालाई निरन्तरता दिँदै क्लबले सञ्चालन गर्दै आएको आहा रारा गोल्डकप आज देशकै प्रतिष्ठित नॉकआउट फुटबल प्रतियोगिताको रूपमा स्थापित भएको छ । रजत वर्षको उपलक्ष्यमा सार्वजनिक गरिएको लोगोमा गोल्डकपमा अंकित माछा, फुटबल, पोखराको पहिचान माछापुच्छ्रे हिमाल तथा सात रङ्गको सुसम्बन्धित मिश्रण समावेश गरिएको छ। लोगोमा ‘आहा रारा पोखरा गोल्डकप २०२६’ उल्लेख गरिएको छ।
नयाँ लोगोले २५ वर्षको गौरव, निरन्तरता र नेपाली फुटबलप्रति सहारा क्लबको समर्पणलाई झनै प्रस्ट रूपमा अभिव्यक्त गरेको क्लबको भनाइ छ। २५औं आहा रारा गोल्डकप यहि माघ २७ गतेबाट फागुन ९ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।
