पोखरा स्पोर्टस । गण्डकी प्रदेश पुरुष यू१६ क्रिकेट छनौट प्रतियोगिताको लिग खेलमा शुक्रबार नवलपुर यू१६ द्वारा पर्वत माथी ९ विकेटले पराजित गर्दै आफ्नो बिजयी यात्रा सुरू गरेको छ ।
पहिलो ब्याटिङ गरेको पर्वतले २३्.२ ओभरमा जम्मा ९९ रनमै सबै विकेट गुमायो । टिमका लागि कृष कुँवरले सबैभन्दा बढी ३२ रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
नवलपुरका बलर समीर रोकाले ४.२ ओभरमा १५ रन खर्चेर ४ विकेट लिँदै विपक्षी टोलीमाथी हावी बने । शैलेस काफ्लेले पनि ५ ओभरमा २३ रन दिँदै ४ विकेट लिए ।
जवाफमा नवलपुरले १६.३ ओभरमै लक्ष्य पूरा गर्दै १ विकेटको क्षतिमा १०० रन बनाएर खेल सजिलै आफ्नो पक्षमा पार्यो । रजत भुर्तेलले संयमित रुपमा खेल्दै २३ रन बनाए भने समीर न्यौपाने ले मात्र १२ बलमा २५ रनको विस्फोटक इनिङ्स खेलेर जित सुनिश्चित गरे । उनले २ चौका र २ छक्का प्रहार गरे ।
पर्वतका लागि एक मात्र विकेट अर्पित गिरीले लिए । तर बलरहरूले ३० रन एक्स्ट्रा दिएका कारण पनि नवलपुरको जित सहज हुन पुग्यो ।
उत्कृष्ट ब्याटिङ र खेल निर्णायक प्रदर्शनको आधारमा समीर रोक्का म्यान अफ द म्याच घोषित गरियो । यो जितसँगै नवलपुरले प्रतियोगितामा सशक्त सुरुवात गर्दै ३ अंक जोडेको छ ।
