गण्डकीका प्रकाशलाई ४०० मिटर दौडमा काश्य पदक

पोखरा स्पोर्टस । चितवनमा जारी बागमती प्रदेश राष्ट्रिय प्रतियोगिताअन्तर्गत गण्डकीका प्रकाश महतोले काश्य पदक जितेका छन् ।

बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा जारी एथलेटिक्स ४०० मिटर दौडमा उनले काश्य पदक जितेका हुन् ।

प्रकाशले उक्त दुरी ५४.१६ सेकेण्डमा पुरा गरेका थिए ।

सोही स्पर्धामा लुम्बिनीका रोहित कुमार गुप्ता ५३.०७ सेकेण्डको समय निकाल्दै स्वर्ण पदक जित्दा बागमतीका सन्त बहादुर भट्टराईले ५३.१३ सेकेण्डको समय लिंदै रजत पदक हात पारे ।

प्रतियोगिता अन्तर्गत भोली (मंगलबार) एथलेटिक्सतर्फ १० वटा इभेन्टहरु हुने गण्डकी प्रदेश एथलेटिक्सका अध्यक्ष हरि बरुवालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close