पोखराको ग्रासरुट टेनिसका लागि अस्ट्रेलियाबाट सहयोग

पोखरा स्पोर्टस । गण्डकी प्रदेश टेनिस संघले पोखरामा सञ्चालन गरिरहेको ग्रासरुट टेनिसलाई अस्ट्रेलियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । 

अस्ट्रेलियाको डेस्टेनी लिभिङ फाउण्डेशनको तर्फबाट केशव खत्रीले नगद सहयोग गरेका हुन् । गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थलाई ग्रासरुट टेनिस प्रशिक्षणलाई सहज बनाउन खत्रीले नगद ५० हजार सहयोग गरेको अध्यक्ष कायस्थले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

विगत दुई वर्ष देखि गण्डकी प्रदेश टेनिस संघले विपन्न वर्गका बालबालिकाहरूलाई निरन्तर रुपमा ३० जना बालबालिकालाई ग्रासरुट टेनिस प्रशिक्षण दिंदै आइरहेको छ ।

अस्ट्रेलियामा स्थापित डेस्टेनी लिभिङ फाउण्डेशनले ‘खेलकुद मार्फत सशक्तिकरण’ लगायत अन्य अभियानमा सहयोग गर्दै आइरहेको छ । फाउण्डेशनका अध्यक्ष समेत रहेका खत्री बुटवल निवासी हुन् । हाल अस्ट्रेलियास्थित मेलबर्नलाई कर्मथलो बनाएका उनले गण्डकी टेनिसले सञ्चालन गरेको ग्रासरुट टेनिसले विपन्न वर्गका बालबालिका लाई खेलकुदको मुख्य धारामा प्रवेश गराउन भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले आगामी दिनमा समेत यस्तो सहयोग जारी रहने बताउँदै यूवा खेलाडी उत्पादनले नेपाली टेनिस विकासमा भूमिका खेल्ने उल्लेख गरे ।

गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष कायस्थले सहयोग प्रति आभार व्यक्त गर्दै विपन्न वर्गका बालबालिकालाई खेलकुदमार्फत उनीहरुको भविष्य सुनिष्चित गर्न आफूहरुले पहल गरेको बताए । उनले भने–“गण्डकी प्रदेश टेनिस संघले सञ्चालन गरे ग्रासरुट टेनिसका लागि सहयोगको खाँचो रहेको छ । डेस्टिनी फाउण्डेशनको यो सहयोग हाम्रो लागि ठूलो सहयोग हो । हामी स्वदेश तथा विदेशमा खेलकुदलाई माया गर्नेहरुलाई सहयोगका लागि आह्वान गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close