तेक्वान्दो प्रशिक्षक कोर्स सम्पन्न

काठमाडौं १३ असार ।

नेपाल तेक्वान्दो संघ र यूके स्पोर्टस्को सहकार्यमा भएको तेक्वान्दो प्रशिक्षक कोर्स सम्पन्न भएको छ ।

 कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङ एन्ड फिटनेस सेन्टरमा ३ दिने कोर्स सम्पन्न भएको हो । नेपाली तेक्वान्दो खेल विकास लागि नेपाल तेक्वान्दो संघ र यूके स्पोर्टस्बीच भएको सम्झौता अनुरूप २३ देखि २६ जुलाईसम्म तेक्वान्दो कोच एडुकेसन कोर्स सञ्चालन भएको थियो ।

उक्त कोर्समा ग्रेट ब्रिटेनका तेक्वान्दोका अन्र्तराष्ट्रिय तेक्वान्दो विशेषज्ञ एन्ड्रयू डिएरले प्रशिक्षण दिएका थिए । तीनदिने प्रशिक्षणमा कुल ६० तेक्वान्दो प्रशिक्षकले प्रशिक्षण लिएका थिए । मंगलबार कोर्सको समापनको अवसरमा राष्ट्रिय खेलकुद परिषद्की पूर्वसदस्यसचिव सकुन्तला नगरकोटीले सहभागी प्रशिक्षणकलाई प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

सो अवसरमा नगरकोटीले प्रशिक्षकले सिकेका ज्ञान देशका विभिन्न स्थानसम्म पुग्ने विश्वास व्यक्त गर्दै नेपाली तेक्वान्दोले नेपाली खेलक्षेत्रमा गरेको प्रगति निकै प्रशंसनीय रहेको बताइन् । कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणा र महासचिव दीपराज गुरुङलगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा नगरकोटीले नेपाली तेक्वान्दोको स्तरोन्नतीका लागि योगदान पु¥याएको भन्दै यूकेका स्पोर्टस् अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार काथरिन स्वीट, युके तेक्वान्दोका एन्ड्रयू डिएर र ग्रेट बिटेन तेक्वान्दो टिमका म्यानेजर जेयनी एल्लिसलाई ९वबथलभ भििष्क० सम्मानपत्र प्रदान गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close