ब्राइटनमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

पोखरा स्पोर्ट्स ।  म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा ब्राइटनलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा ब्रायन एम्बेउमाले २ गोल गरेका थिए भने माथेस चुन्हा र क्यासेमिरोले एक एक गोल गरेका थिए । त्यस्तै ब्राइटनका लागि डानी वेलब्याक र चारालाम्पोस कोसटोउलासले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडले ९ खेलमा १६ अंक हासिल गर्दै लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै ब्राइटनको ९ खेलमा १२ अंक रहेको छ र लिगमा १३औं स्थानमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close