
पोखरा, १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लाई लक्षित गर्दै पोखरा रंगशाला भित्र रहेको हरेक खेल मैदानमा निशुल्क वाइफाइको व्यवस्था गरिएको छ ।
पोखरा रंगशालामा हुने खेलको लागि प्रचार प्रसारमा सहयोग पुग्ने हेतुले वल्र्डलिंकले निशुल्क वाईफाईको व्यवस्था गरेको वल्र्डलिंक पोखराका फ्रि वाईफाइ सुपरभाइजर ओममणी जोशीले बताए ।
साग अन्तरगत रंगशालामा भित्र हुने फुटबल मैदान, क्रिकेट मैदान, बहुउद्धेश्यीय कर्भडहल, आर्चरी खेल तथा व्याडािन्टन कभर्ड हलमा निशुल्क वाइफाइको व्यवस्था गरिएको छ ।
यसै गरि बाराही घाट स्थित विच भलिबल खेल मैदान, ट्राइयाथोलनको खेल हुने लेकसाइड स्थित हिमा गृह अगाडी र भारोत्तोलन हुने केसी क्याटरिङमा फ्रि वाइफाईको ब्यवस्था गरिएको १३ औं साग प्रचार प्रसार तथा प्रकाशन समिती पोखराले जनाएको छ ।

One Comment