काभा मेन्स भलिबल च्याम्पियनसिप : दुई खेल हारेको नेपाल, मालदिभ्स संग सहज जित

पोखरा स्पोर्ट्स । काभा मेन्स नेसन्स कप भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल जितेको छ ।

बंगालादेशको ढाकामा जारी प्रतियोगितामा लगातार दुई हार व्यहोरेको नेपालले तेस्रो खेलमा भने मालदिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो । नेपालले पहिलो सेट ४ अंकको लिडमा २५–२१ ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता लियो ।

दोस्रो सेटमा नेपालले २ अंकको अग्रतामा २५–२३ ले जित्न सफल रह्यो । तेस्रो सेटमा नेपाल केही दबाबमा देखियो । माललिभ्सको १०–६ को स्थितीमा पुनः खेलमा फर्किदैं नेपाल लगातार अंक लिन सफल भयो । अन्तत नेपाल २५–१८ ले जित्न सफल भयो ।

नेपालले अब अक्टोबर अक्टोबर २६ (कार्तिक ९ गते) अफगानिस्तानसँग, अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

नेपाली टिममा धन बहादुर भट्ट क्षेत्री, धिरोज काजी बस्नेत, सुनिल बोहरा, पहल गहतराज, सरन सामरी क्षेत्री, शैलेन्द्र यादब, अर्जुन नेपाली, सफल विक, रबिन नगरकोटि, नृपध्वज बस्नेत, हरिहजुर थापा, सुजन सुनार, विनोद चन्द र सन्तोष राई रहेका छन् ।

त्यस्तै टिम व्यवस्थापकमा प्रविन श्रेष्ठ तथा प्रमुख प्रशिक्षकमा भरत यादव र सहायक प्रशिक्षकमा उत्सव खडका रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close