सहारा युकेको तर्फबाट एकेडेमीमा आश्रित बालकहरुलाई फुटसल वुट

पोखरा स्पोर्टस । सहारा क्लव पोखराको भातृ संस्था सहारा युकेले सहारा एकेडेमीमा आश्रित बालकहरुलाई फुटसल बुट प्रदान गरेको छ ।

सहारा युकेबाट प्राप्त फुटसल बुट उक्त संस्थका महासचिव धनु थकाली ‘पुरन’ले सहारा एकेडेमीमा आश्रित बालकहरुलाई हस्तान्तरण गरेका हुन । सहारा युकेका अध्यक्ष कुमार गुरुङ, उपाध्यक्ष कुशाङ गुरुङ, महासचिव थकाली र सहारा एफसी प्रेसिडेन्ट कृष्ण गुरुङको पहलमा बालकहरुलाई फुटसल बुट प्रदान गरिएको एकेडेमीका संयोजक विश्वराज बरालले पोखरा स्पोर्टसलाई बताए ।

पोखरामा केही दिन पछि आयोजना हुने फुटसल प्रतियोगितालाई मध्येनजर गर्दै सहारा युकेले एकेडेमीमा अश्रित १० जना बालकहरुलाई फुटसल बुट प्रदान गरिएको महासचिव थकालीको भनाई थियो । उनले भने–“एकेडेमीमा आश्रित बालकहरु अव फुटबल मात्रै नभई फुटसलमा समेत ध्यान पुर्याउनु पर्ने भएकोले फुटसल वुट सहारा युकेले प्रदान गरेका छौं ।”

पोखरामा आगामी फागुनको पहिलो साता स्पोर्टस क्यासलले आयोजना गर्ने प्रथम चरणको पोखरा एमेच्योर फुटसल प्रतियोगितामा सहाराका युवा खेलाडीहरुलाई सहभागिता गराईने महासचिव थकालीले बताए । उनले पोखरामा स्थानिय रुपमा आयोजना हुने फुटसल प्रतियोगितामा सहभागिता गराउँदै लैजाने बताए । उनले भने–“लामो लकडाउनमा वसेका युवा खेलाडीहरुलाई केही मनोरंजन सँगै फुटसल खेलमा समेत आर्कषण बढाउन हामीले यो पहल गरेका हौं ।”

सहाराका बालकहरुलाई फुटसलबारे जानकारी दिन मंगलवार पोखरा ४ स्थित पोखरा स्पोर्टस क्यासल लगिएको र त्यहाँका सञ्चालक इश्वर गुरुङ ‘चन्द्र’ले निशुल्क रुपमा फुटसल प्रशिक्षण दिनुका साथै फुटसल कोर्ट समेत उपलव्ध गराएको महासचिब थकालीले बताए ।

सहारा क्लव पोखरा १७ मा स्थापित सहारा एकेडेमीमा विपन्न वर्गका विभिन्न जिल्लाका गरी २५ जना बालकहरु आश्रित रहेका छन । उनीहरुको अध्ययन अध्यापन सँगै फुटवल प्रशिक्षण क्लवलेनै दिंदै आइरहेको छ ।


तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close