भारतविरुद्धको सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात

पोखरा स्पोर्ट्स ।  अस्ट्रेलियाले भारतविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । 

आइतबार सम्पन्न बर्षाले प्रभावित सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले भारतलाई डक वर्थ लुइस नियम अनुसार ७ विकेटले पराजित गरेको हो ।

२६ ओभरमा खेलिएको यस खेलमा भारतले दिएको १३१ रनको लक्ष्य अस्ट्रेलियाले २१.१ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो । यस अघि भारतले २६ ओभरमा ९ विकेट गुमाउदै १३६ रन बनाएको थियो ।

यस खेलमा भारतका पुर्व कप्तानद्वय रोहित शर्मा र विराट कोहली पनि खेलेका थिए । तर यस खेलमा दुवैले आफ्नो प्रभाव छोड्न सकेनन । रोहित ८ र विराट शुन्यमा आउट भएका थिए ।

यो जितपछि अस्ट्रेलिया ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल विहिबार खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close