राष्ट्रिय किक बक्सिङमा बाग्मती टिम च्याम्पियन

पोखरा स्पोर्टस । बाग्मती प्रदेशले मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । बाग्मती १८ स्वर्ण, ७ रजत र ४४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।

राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा दोश्रो भएको एपीएफ क्लबले २ स्वर्ण हात पारेको हो । तेश्रो स्थानको लुम्बिनी प्रदेशले १ स्वर्ण प्राप्त गरेको छ । प्रतियोगिताको पुरुषमा बाग्मतीका मनोज राणा मगर तथा महिलामा एपीएफकी निशा विक उत्कृष्ट खेलाडी घोषित भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत के–वानको पुरुष ५५ केजीमा बाग्मतीका तीर्थराज थापा, ५७ केजीमा एपीएफका रोहित चन्द, ६५ केजीमा बाग्मतीका सबिर श्रेष्ठ र खुलामा बाग्मतीका सुवास राना मगर पहिलो भए । के–वानकै महिला ५० केजीमा बाग्मतीकी सुस्मिता तामाङ र ५५ केजीमा एपीएफकी निशा विकले स्वर्ण जिते ।

फुल कन्ट्याक्टको पुरुष ५५ केजीमा गण्डकीका चिरन राई र ६० केजीमा बाग्मतीका अनिल नेपालीले पहिलो स्थान हात पारे । प्वाइन्ट फाइटिङको पुरुष ५० केजीमा बाग्मतीका पाल्साङ ब्लोन र ५५ केजीमा लुम्बिनीका सफल विक शीर्ष स्थानमा रहे । फुल कन्ट्याक्टको महिला ४५ केजीमा बाग्मतीकी दीक्षा कार्कीले स्वर्ण जितिन् ।

विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, आयोजक संघका अध्यक्ष लोकेन्द्र कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close