
पोखरा । गण्डकी प्रदेश सरकारले पोखरा रंगशालाको वहुउद्धेश्यिय कभर्डहलाई विदेशबाट आउनेहरुका लागि होल्डिङ एरिया बनाउने भएको छ ।
होल्डिङ एरिया बनाउन निरिक्षणका लागि गण्डकी प्रदेश सरकारका भौतिक योजना तथा पुर्वाधार मन्त्री रमशरण बस्नेत सहितको टोली निरिक्षणका लागि आज पोखरा रंगशाला पुगेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले जानकारी दिएका छन ।
पोखरा महानगर पालिकाकी उपमेयर मञ्जु गुरुङ, प्रदेश सरकारका सचिब हरि प्रसाद बस्याल र शुरक्षा निकायका प्रमुखहरु सहित पुगेको टोलीले बहुउउद्धेश्यिय कभर्डहललाई होल्डिङ एरिया बनाउने निधो गरेको कार्यालय प्रमुख योगीले बताए ।
विदेशबाट सोझै विभिन्न जिल्लाका लागि पोखरा हुँदै आउनेहरु विशेष कारणवश रोकिन पुगे भने केही घन्टाका लागि बहुउद्धेश्यिय कभर्डहलमा बस्ने र पुनः जानका लागि प्रदेश सरकारले व्यवस्था गर्ने भएको छ । “काठमाडौ त्रिभुवन विमानस्थलबाट पोखरा हुँदै घर फर्कनेका लागि पोखरा सम्म आइपुगे भने होल्डिङ गर्ने स्थान अभाव भएकोले यहाँ होल्डिङ गर्न आग्रह गरिए बमोजिम हामीले ठाउँ दिएका हौं” प्रमुख योगीले भने–“समस्याका बेला सहयोग गर्ने हाम्रो पनि सरोकारको विषय हो ।”
पोखरा रंगशालालाई होल्डिङ एरिया बनाउने भएपछि कास्की जिल्ला खेलाडी संघले सम्पुर्ण खेल गतिविधी बन्द गर्न आग्रह गरेको छ । संघका उपाध्यक्ष राजन पौडेलले भनेका छन–“अव सबै खेलकुद गतिविधी वन्द गरि रंगशाला शिल गर्न र शुरक्षाकर्मी समेत खटाउन हामी आग्रह गर्छौं ।” रंगशालालाई नै होल्डिङ एरिया बनाएपछि खेलाडीलाई कोरोनाको सक्रमण बढ्न सक्ने भएकोले समयमानै यसबारे ध्यान दिन उनले आग्रह गरेका हुन ।
