पिपिएल–२ : उद्घाटन खेलमा पोखरा र काठमाडौ भिड्दै, यस्तो छ रणनिती

केशब पाठक / पोखरा, पोखरामा आइतबार बाट शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) को सम्पूर्ण तयारी पूरा भएको छ । पोखरामा हुने दोश्रो संस्करणमा पोखरा पल्टन र काठमाडौ गोल्डेन वारियार्स एक अर्काको सामाना गर्दैछन ।

गत वर्षको च्याम्यिन पोखरा पल्टनले यस पटक टिममा खासै परिवर्तन गरेको भने छैन । टिमका म्यानेजर सुमन कार्कीले यस पटक इतिहास दोहर्याउने दाउमा आफूहरु रहेको बताए । तिन जना भारतिए खेलाडी सहित मैदानमा उत्रने पोखरा पल्टनको टिम कप्तानी शरद भेषवाकरले सम्हाल्दैछन ।

टिमका म्यानेजर कार्कीले पोखरा पल्टनको टिम व्यालेन्स टिम रहेको बताउँदै भने–‘हाम्रो लक्ष्य भोलीको उद्घाटन खेल बाटै प्रारम्भ हुनेछ ।’ उनले जितका लागि टिम तयारीमा जुटीसकेको र उपधीनै आफ्नो लक्ष्य रहेको बताए ।

पोखरा पल्टन भेषवकारको कप्तानीमा तिन जना विदेशी खेलाडी रविन्द्र सिंह, प्रथमेश डाके र सर्वजित लड्डा रहेका छन । यि तिनै जना खेलाडी भारतको रणजी ट्रफीको अनुभव संगालेका खेलाडी हुन । ति मध्ये रविन्द्र व्याट्स्म्यान हुन, जसले पहिलो सस्करणमा पोखरालाई फाइनलको यात्रा मात्रै तय गराएनन टिमलाई च्याम्पियन बनाउन भूमिका समेत खेलेका थिए । अन्य दुई पयमेश र सर्वजित भने बलरको रुपमा पोखराको मैदानमा देखापर्नेछन ।

यसै गरि टिममा बिनोद भण्डारी, रोहित पौडेल, ललित राजबंशी, कुशल भूर्तेल, किशान पाण्डे, मेहबुब आलम, कुशल मल्ल, आशिष शेख, रशिद चन्द, आकाश चन्द र अनिल गुरुङ रहेका छन । पोखरा पल्टनको टिम बाट एक मात्र भाग्यमानी खेलाडी अनिल हुन । धेरै जसो खेलाडी नेपाली राष्ट्रिय टोली र यू–१९ मा अनुभव संगालेका खेलाडी छन । टिमको प्रशिक्षकका रुपमा बिनोद दाश र रिजन प्रजु रहेका छन ।

यता गत संस्करणमा तेश्रो स्थान बनाउन सफल रहेको काठमाडौ गोलडेन्स वारियार्स समेत पोखरा पल्टनलाई उद्घाटन खेलमा पराजित गर्दै अगाडी बढ्ने दाउमा लागेको छ । काठमाडौको टिमको कप्तानी सम्हालिरहेका ज्ञानेन्द्र मल्ल आफ्नो टिम निकै चुस्त र व्यालेन्स टिम रहेको दाबी गर्छन ।

आफ्नो टिमको रणनितीनै मैदानमा सबैलाई जितेर अगाडी बढ्ने र पहिलो हुनेनै रहेको कप्तान मल्लले बताए । उनले भने–‘यात्रा कठिन छ, पोखराको पिच फरक स्वभावको छ तर लक्ष्य पहिलो हुनेनै हो ।’ उनले दोश्रो संस्करणको पिपिएलमा आफ्नो टिम इतिहास कोर्ने दाउमा रहेको स्पष्ट पार्दै भने–‘हाम्रो टिम फर्मेट यस पटक निकै राम्रो छ, अरुको टिमको स्थितीलाई नियाल्दै स्वाभाविक तरिकाको गेम खेल्नेछौ ।’ तर उनले अरु टिम पनि उत्तिकै राम्रो रहेकोले सर्तकता आवश्यक रहेको उल्लेख गरे ।

काठमाडौको टिम बाट यस पटक तिन जना भारतिय खेलाडीहरु समेतलाई लिएर पोखराको मैदानमा उत्रने छ । जसमा जय किशन गोल्छावाला, गौरब तमोर र शुवोध बाटी रहेका छन । शुवोध अलराउण्डर हुन भने जय किशन विकेट किपर र व्याट्स्म्यानको भूमिकामा देखापर्नेछन । त्यसै गरि गौरब तमोर व्याट्स्म्यान हुन ।

त्यसै गरि काठमाडौ गोल्डेन्स वारियार्सका तर्फ बाट शुभाष खकुरेल, पृथु बास्कोटा, बसन्त रेग्मी, शुभाष भारी, पवन शरार्फ, अमृत श्रेष्ट, अमर सिह, सूर्य तामाङ, नन्दन यादब, आदिल खान र अमृत भट्टराई रहेका छन ।

विभिन्न ५ शहरका फ्रेन्चाइज टिमहरुको यो प्रतियोगिताले पोखरालाई फेरि क्रिकेटमय बनाउने कुरामा कुनै दुईमत छैन । पोखरा आफैमा पनि खेलकूदको केन्द्र बन्दै गएको र यस्ता प्रतियोगिताहरुको आयोजनाले पोखरा अन्तर्राष्ट्रिय खेलकूदको हब बन्नेछ भन्ने प्रष्ट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close