नेपालले होबार्ट हुरीक्यानसलाई दियो १८१ रनको लक्ष्य

पोखरा स्पोर्ट्स । नेपालले होबार्ट हुरीक्यानसलाई १८१ रनको लक्ष्य दिएको छ । 

अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको हो ।

नेपालका लागि आरिफ सेखले ३३ रन बनाए भने आसिफ सेखले २९, कुशल भुर्तेलले २७, र लोकेस बमले अविजित २५ रन बनाएका थिए ।

त्यस्तै हुरीक्यानसका बलर निभेथान राधाकृष्णन र राफेल म्याकमिलनले २-२ विकेट लिए भने मार्कस बीन र गाब्रियल बेलले एक एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close