मञ्चका अजिवन सदस्य प्रो.थापाको निधन

पोखरा स्पोर्टस । भूतपूर्व खेलाडी मञ्च नेपालका आजिवन सदस्य प्रो महेन्द्र सिंह थापाको निधन भएको छ ।

उहाँको बिहिबार मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ८८ वर्षको उमेरमा निधन भएको हो । पोखराको खेलकूद विकासमा महत्वपूर्ण योगदान दिनुहुने प्रो.थापा विसं २०१४ सालमा तत्कालिन पोखराको सोल्जर्स बोर्ड भोकेशनल ट्रेनिङ हाईस्कुल (हालको अमरसिंह मावि ) मा शिक्षक हुँदै प्रधनाध्यपाकका रुपमा तथा २०१८ साल बाट पृथ्वीनारायण क्याम्पसमा इतिहास बिषयको प्रध्यापक हुँदै इतिहास संकायको प्रमुख रहेर कार्य गर्नु भएको थियो । उहाँले कन्या मावीमा समेत अध्यापन गराउनु भएको थियो ।

भारतको उत्तराखण्ड भाक्सुमा १९९० पौष १८ मा जन्म भई नेपाललाई कर्मथलो बनाउनु भएका प्रो.थापाले पोखराको खेलकूदमा महत्वपूर्ण योगदान रहेको मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले पोखरा स्पोर्टसलाई बताउनु भएको छ । “पोखरामा पहिलो पटक बास्केटबल खेल शुरु गर्ने उहाँनै हो,” उहाँले भन्नुभयो–“हालको अम्वर सिंह मावीमा बास्केटबल कोर्ट निर्माण गरेर बास्केटबल खेल्न समेत सिकाउनु भएको थियो ।”

पृथ्वीनारायण कलेजको खेलकुद क्षेत्रमा प्रो.थापाको ठुलो योगदान रहेको रानाभाटले बताउनु भयो । पृथ्वी नारायण क्याम्पसमा बास्केटबल, भलिबल, फुटबल, हक्की, क्रिकेट, ब्याटमिन्टन, टेबलटेनिस, टेनिस खेलको विकास र बिस्तारमा समेत भूमिका खेलेको संस्थापक अध्यक्ष रानाभाटले बताउनु भयो ।

उहाँको आज नै धार्मिक परम्परा अनुसार अन्त्येष्टी गरिएको छ । उहाँको श्रीमती, तिन छोरी र एक छोरा छन ।

यसै विच भूतपूर्व खेलाडी मञ्च नेपालले उहाँको निधनमा गहिरो दुःख व्यक्त गरेको छ । मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले प्रो.थापाको निधनले यस क्षेत्रको शैक्षिक तथा खेलकूदको अग्रज व्यक्तित्व गुमाउन पुगेको भन्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close