तीजको अवसरमा कास्कीमा खुल्ला महिला डोरीतान प्रतियोगिता हुँदै

पोखरा स्पोर्ट्स । नेपाली महिलाहरुको तीजको अवसरमा कास्कीमा खुल्ला महिला डोरी तान प्रतियोगिता हुने भएको छ ।

जिल्ला डोरीतान संघ कास्कीको आयोजनामा यहि भदौ ६ गते उक्त प्रतियोगिता हुन लागेको गण्डकी प्रदेश डोरीतान संघका अध्यक्ष विष्णु पुनले जानकारी दिएका छन् ।

पोखरा स्पोर्टस संग कुरा गर्दै अध्यक्ष पुनले महिलाहरुलाई खेलकुद प्रति आकषर्ण जगाउन साथै तीज पर्व सामुहिक रुपमा मनाउने गरी प्रतियोगिता आयोजना गरिएको बताए ।

पोखरा २६ मा आयोजना हुने उक्त प्रतियोगितामा विजेता टिमले नगद रु ३० हजार, उपविजेताले नगद रु २० हजार, तेस्रो हुने टिमले नगद रु १० र सान्त्वना हुनेले नगद रु ५ हजारमा साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागिताका लागि भदौ ४ गते सम्म दर्ता गरिसक्नु पर्ने कास्की डोरीतान संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close