
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा हुने उक्त प्रतियोगिताको तयारी भएको हो ।

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जेठ ३२ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जनाएका छन् । असार ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ८ जिल्लाको सहभागिता हुने छ ।
प्रतियोगितामा कास्की, पर्वत, स्याङजा, तनहुँ, गोरखा, नवलपुर, म्याग्दी र बागलुङ जिल्लाको सहभागिता हुने छ ।
खेल तालिका अनुसार पहिलो दिन कास्की र बागलुङ तथा दोस्रो खेल तनहुँ र म्याग्दीका बीच हुनेछ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रादन गरिने अध्यक्ष सिग्देलले जानकारी दिए ।
यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।
