हिसान कास्की स्पोर्टस् मिट जारी, शुक्रबारदेखि क्वाटर फाईनलका खेलहरु हुने

पोखरा, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गर्ने ‘१३ औं हिसान कास्की स्पोर्टस् मिट २०७६’ पोखरा रंगशालामा जारी रहेको छ । बिहीबार पहिलो चरणका खेलहरु सम्पन्न भई शुक्रबारदेखि क्वाटर फाईनलका खेलहरु हुने भएको हो ।

पुष ९ गते देखि शुरु भएको हिसान स्पोर्टस मिटमा बिहीबार छात्र–छात्रा दुवैतर्फ भलिबल, छात्र–छात्रा टेबुल टेनिस र छात्र–छात्रा बास्केटबल प्रतियोगिता खेल जारी रहेको स्पोर्टस मिटका संयोजक बाबुराम पन्तले जानकारी दिएका छन् ।

बिहीबार छात्र भलिबल तर्फ पहिलो चरण र प्रि क्वाटरका केही खेलसहित १८ वटा खेल सम्पन्न भएको भलिबल खेलका संयोजक पूरन कुवंरले जानकारी दिएका छन् । शुक्रबार बाकी रहेको प्रि क्वाटर र क्वाटर फाईनलका खेल हुने भलिबल संयोजक कुवँरले बताए ।

 यसैगरि बास्केटबल छात्र तर्फ बिहीबार भएको खेलमा न्यू ग्यालेक्सी, सोसल पब्लिक, प्रतिभा, सगरमाथा, पोखरा मावि, बाल कल्याण, स्टेप बाई स्टेप र टप्स बिजयी भई प्रि क्वाटरमा प्रवेश गरेका बास्केटबल खेल संयोजक पुष्पराज पराजुलीले जानकारी दिए । त्यस्तै छात्रा तर्फ भएको खेलमा न्यू ग्यालेक्सी, मदरल्याण्ड, हिल प्वईन्ट, सगरमाथा, टप्स, सोसल पब्लिक, ग्लोबल क्लेजियट र प्रतिभा प्रि क्वाटरमा प्रवेश गरेको संयोजक पराजुलीले बताए ।

त्यस्तै टेबल टेनिस छात्र एकल तर्फ सगरमाथा, ग्लोबल, वेलनन्, स्टेप बाई स्टेप, टप्स्, जेसिए, बाल प्रभात, लिटिल स्टेप, गुरुकुल, मदरल्याण्ड, अक्सफेर्ड, पश्चिमाञ्चल र पोखरा पहिलो चरण पार गरेका टेबल टेनिस खेल संयोजक उत्तम जोशीले जानकारी दिए । त्यस्तै बिहीबार नै भएको छात्रा एकल तर्फ ग्लोबल, प्रतिभा, सिर्जना, स्टेप बाई स्टेप, मदरल्याण्ड, कास्की मोर्डनाईज, सगरमाथा, पोखरा र गुरुकुल पनि पहिलो चरण पार गरेका संयोजक जोशीले बताए ।

त्यस्तै छात्र डबल्स तर्फको टेबलटेनिसमा सोसल पब्लिक, माउण्ट अन्नपूर्ण, पोखरा, मदरल्याण्ड, जेसिए, सगरमाथा, भास्कर, सिर्जना, पोखरा युनाईटेड, ज्योती कुञ्ज, मल्टिपर्पाेज, मेरिगोल्ड, गोर्खा, स्टेप बाई स्टेप, प्रतिभा, गुरुकुल र पश्चिमाञ्चल तेश्रो राउण्डमा प्रवेश गरेका छन् । छात्रा डबल्स तर्फ मदरल्याण्ड क्वाटर फाईनलमा प्रवेश गरिसकेको छ भने प्रि क्वाटर र तेश्रो राउण्डका खेल शुक्रबार जारी रहने संयोजक जोशीले जानकारी दिए ।

२०६४ साल देखि हरेक वर्ष कास्कीमा सञ्चालन हुँदै आएको हिसान कास्की स्पोर्टस् मिट २०७६ मा माबीतह छात्र भलिबलमा २९ टिम, छात्रा भलिबलमा १५ टिम, बास्केटबल माबी तह छात्रतर्फ ३३ टिम, छात्रा तर्फ १७ टिम र विश्वविद्यालय बास्केटबलतर्फ ६ टिमको सहभागिता रहेको हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए । त्यसै गरि छात्र टेनिस माबी सिंगल्समा ७२ जना, छात्रा सिंगल्समा ३८ जना, छात्र डवल्समा ३४ टिम, छात्रा डबल्समा १३ टिमको सहभागिता रहेको शर्मा बताउँछन् । साथै यो सहभागिता गतवर्ष भन्दा उत्साहजनक रहेको अध्यक्ष शर्मा बताउँछन् ।

हिसान कास्कीमा आवद्ध ६८ विद्यालयमा ५३ विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । पुस १२ गते सम्म संचालनहुने स्पोर्टस मिट सम्पन्न गर्न करिब ७ लाख खर्च लाग्ने हिसानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close