गण्डकी प्रदेशको भलिबल टिम मुख्यमन्त्री कपको फाइनलमा

हिमाल सुनारीको उत्कृष्ट प्रदर्शन

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको पुरुष भलिबल टोली ‘तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार सम्पन्न सेमिफाइनलमा विभागीय नेपाल पुलिस क्लब बिरुद्ध ३–२ ले जित निकाल्दै गण्डकीले फाइनलको यात्रा तय गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट सहजै २५–१५ ले आफ्नो पक्षमा पार्न सफल भयो भने तेस्रो सेटमा गण्डकीले १९–२५ ले पुलिसलाई सुम्पियो ।

त्यस्तै चौथो सेट निकै प्रतिस्पर्धात्मक रह्यो । गण्डकीले ३१–२९ ले जित निकाल्न सफल भयो भने निर्णायक तथा पाँचौं सेटमा गण्डकीले १५–७ ले जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।

अब गण्डकीले फाइनल विभागिय टोली एपिएफ क्लब विरुद्ध खेल्नेछ । एपिएफले नेपाल आर्मीलाई ३–२ सेटले हराउँदै गण्डकी संग भेट पक्का गरेको रेफ्रि संयोजक टहल सिंह थापा मगरले जानकारी दिए ।

सम्पन्न सेमीफाइनलमा गण्डकीका हिमाल सुनारीले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनको प्रदर्शनले नै गण्डकी फाइनलमा पुगेको हो । उनी म्यान अफ दि म्याच समेत घोषित भए ।

दोश्रो संस्करणमा गण्डकीले तेश्रो स्थान हासिल गरेको थियो ।

प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुने टिमले १ लाख नगदसहित ट्रफी, मेडलका साथै प्रमाणपत्र प्रदान गरिने छ । चौथो हुने टिमलाई सान्त्वना स्वरूप ५० हजार नगद पुरस्कारसमेत प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु २० हजार, विभिन्न उत्कृष्ट ६ विधाका खेलाडीलाई जनही नगद रु १०–१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सात प्रदेशसँगै तीन विभाग एपिएफ, पुलिस र आर्मी गरी १० टिमको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close